छिमेकी जिल्लामा कोरोना, प्रहरी बने रमिते

|

ओखलढुंगा : शुक्रबार मात्रै छिमेकी जिल्ला उदयपुरमा १२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। उदयपुरमा कोरोनाको संक्रमण देखिएसँगै सीमा जोडिएको ओखलढुंगामा कोरोना सन्त्रास बढी हुनु स्वाभाविकै हो। 

उदयपुमा संक्रमित भेटिए पछि ओखलढुंगामा लकडाउन थप कडा हुने धेरैको अपेक्षा थियो, तर ठीकविपरीत सिद्धिचरण नगरपालिका वडा नं १२ सदरमकामको मुख्य बजार क्षेत्रमा लाग्ने साप्ताहिक शनिबारे हाटमा बिहानैदेखि मानिसको घुइँचो भयो । 

दैनिक अतिआवश्यकीय बस्तु किन्न मानिसको भीड भएको थियो। तरकारी किनबेच गर्न केहीछिनलाई खुला गरिएको भनिएको हाटमा सयौँको संख्यामा मानिसको चहलपहल देखिन्थ्याे। 

नगरपालिकाले सामाजिक दूरी कायम हुनेगरी रेखा कोरेर किनबेच गर्ने व्यवस्था मिलाए पनि त्यसको पालना भएको देखिएन । दर्जन बढी प्रहरीहरू भीड व्यवस्थापनका लागि ’रूखो स्वर’ गरेर बीचबीचमा पसिरहेका थिए । तर पनि उनीहरुलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको थियोे । सिद्धिचरण नगरपालिकाले सामाजिक दूरी कायम हुनेगरी कपडा पसल राखिँदै आएको खण्ड तरकारी किनबेचका लागि खुला गरेको थियो । 

तर पनि सामाजिक दूरी पालना भएको थिएन । हटियामा आउने केहीले मात्रै मास्क लगाएका थिए। हटियाकै कारण शनिबार ओखलढुंगा सदरमुकाम बजार क्षेत्रमा चहलपहल निकै बढेको छ । भीड बढेपछि स्थानीयले विरोधसमेत गरेका छन्। तर बजार व्यवस्थापन र राजनीतिक दलहरु यसमा मुकदर्शक मात्र देखिएका छन् ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.