साहित्य

बसुन्धराश्री पुरस्कार डा गौतमलाई

बैशाख ७, २०७७

    काठमाडौं : वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतमलाई यस वर्षको वसुन्धरा श्री पुरस्कार प्रदान गर्ने भएको छ। 

    ७५ हजारसहित सम्मानपत्र रहेको सो प्रतिष्ठानका कुलपति डा दुवसु क्षेत्रीले जानकारी दिए। शनिबार बसेको प्रतिष्ठानको बैठकले उत्कृष्ट आधुनिक कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई  सार्थक, समृद्ध र समुन्नत बनाइ नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गर्नुभएका डा गौतमलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। 

    यस्तै वरिष्ठ साहित्यकार सरुभक्तलाई २०७७ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ। पुरस्कारको साथमा नगद ५० हजार र सम्मानपत्र रहेको छ। 

    आधुनिक नेपाली कविता, मुक्तक, गीत, नाटक र उपन्यासको सिर्जनाद्वारा नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाइ नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका सरुभक्तले नेपाली साहित्यमा आफ्नो अलग्गै पहिचान बनाएका छन्। 

    यसअघि वसुन्धराश्री पुरस्कारद्वारा राष्ट्रकवि माधवप्रसाद घिमिरे, उपन्यासकार दौलतविक्रम विष्ट, वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’लगायत सम्मानित भइसकेका प्रतिष्ठानका सदस्यसचिव कृसु क्षेत्रीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]