|
फाइल फोटो

गुल्मी : देश लडाउनकमा रहेका बेला कार्यलय प्रमुखहरू कार्यलयमै रहने र अन्य कर्मचारीहरुलाई आवश्यकताको आधारमा बिदा दिनुपर्ने सरकारको नियम हुन्छ। तर, गुल्मीका  जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलयका डिभिजन प्रमुख यमनारायण श्रेष्ठ सरकारी गाडी लिएर गत चैत ६ गतेदेखि जिल्लामै छैनन्।

उनले कार्यालयको बा२झ १४१३ नं को गाडी लिएर आफैँ प्रयोग गरिरहेका छन्। यति मात्रै होइन उनको कार्यालयमा सवारी चालक भए पनि आफैँ चलाउने र आफ्नै घर चितवनमा गाडी लगेर राखेका छन्। उनले सरकारी गाडीमा रजाइँ गरेको पाइएको छ।

स्वीकृति नलिई हिँड्नु दुखद

यति मात्रै होइन उनी जिल्लाबाहिर जाँदा जिल्ला प्रशासन कार्यालय गुल्मीको स्विकृतिसमेत लिनुपर्दछ र जिल्ला प्रशासन कार्यलयमा जानकारी  हुनुपर्दछ। यी सबै प्रक्रिया पूरा नगरी सरकारी सवारीको दुरुपयोग गर्दै कार्यालय प्रमुख जिल्लामा नहुनु र जानकारीबिना हिँड्नु दुःखद भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

यस विपदको समयमा जिल्लामा सवारीसाधन पनि कम भएकाले कहीँ कतै केही भइहाल्यो भने पनि सवारीसाधन पनि अभाव हुने जिल्ला प्रशासन कार्यलयले जनाएको छ। जिल्ला प्रशासन कार्यलय स्रोतका अनुसार सिँचाई विकास डिभिजन प्रमुख जिल्ला प्रशासन कार्यलय गुल्मीको नियमित कार्यालय प्रमुखहरुको बैठकमा समेत उपस्थित नहुने गरेको कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले भने कार्यालय प्रमुखहरु जिल्लामै रहनुपर्ने बताएको छ। प्रमुख श्रेष्ठलाई पनि गाडी लिएर तुरुन्तै जिल्ला आउनका लागि निर्देशन दिइसकिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।

यस्तै, निर्वाचन कार्यालय गुल्मीका प्रमुख कार्यालयमा नभएको जानकारी भएकाले सबै कार्यालय प्रमुखहरूलाई कार्यालयमा रहनाका लागि निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। 

लकडाउन खुल्नेबित्तिक्कै आउँछु

यता, डिभिजन प्रमुख यमनारायण श्रेष्ठले भने आफू जिल्लामा लकडाउन खुलेपछि मात्र आउने टेलीफोनमा बताएका छन्। उनले जिल्लामा आएर तत्काल केही काम पनि नभएकाले आफू परिवारसँग आनन्दले बसेको बताए। यो समयमा विकास निर्माण र कार्यालयको खासै कामा हुँदैन त्यसैले लकडाउन खुलेपछि आफू जिल्लामा आउने बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.