|

जाजरकोट : हिमाली क्षेत्रका वासिन्दाका लागि आर्यआर्जनको मूख्य आधार बन्दै आएको यार्सागुम्बा संकलन कार्य यो वर्ष रोक्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाको अगुवाईमा बसेको विपद्‌ व्यवस्थापन समितिको बैठकमार्फत यस्तो निर्णय गरिएको हो। 

कोरोना भाइरस संक्रमणका कारण यसपटक विषम परिस्थिति निम्तिएकाले यार्सागुम्बा संकलन कार्य रोक्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। उनका अनुसार जिल्लाका अधिकांश जनप्रतिनिधिहरुको उपस्थितीमा बसेको बैठकमा यो निर्णय गर्नुका साथै कोरोना त्रासका कारण बढेको ‘लक डाउन’लाई अझै व्यवस्थित रुपमा बनाएर लिने, स्थानीय तहले कोरोनटाइन निर्माणदेखि आइसोलेशन निर्माणबारे समीक्षा समेत गरिएको छ।

राहत प्याकेजलाई व्यवस्थित रुपमा वितरण गर्न जनप्रतिनिधि र सरकारी अधिकारीले थप पहल गर्ने निर्णय पनि सो बैठकले गरेको छ। बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा, ठुलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाही, काइके गाउँपालिका अध्यक्ष अंकत राना मगर, त्रिपुरासुन्दरीका नगरप्रमुख ओम बुढा लगायतका स्थानीय सरकार प्रमुखहरु सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.