चिन्तित छन् व्यवसायी

|

दाङ :  दाङ कुखुरा उत्पादनको हिसाबले चितवन पछिको दोस्रो जिल्ला हो। दाङमा १७ वटा ह्याचरी उद्योग रहेका छन्। दाङमा ब्रोइलर कुखुरा, र लोकल कुखुराहरु उत्पादन हुने गर्दछ। पछिल्लो लकडाउन (बन्दाबन्दी)को कारण  जिल्लामा कुखुरापालक किसान तथा व्यवसायीहरुले ठूलो क्षति व्यहोर्नु परेको छ।

लकडाउनका कारण उद्योगमा उत्पादन भएका चल्लाहरु खाडलमा पुर्नु परेको व्यवसायीहरुले बताएका छन्। यता किसानहरुले उत्पादन गरेका कुखुरा, अण्डाले समेत उचित मूल्य नपाउँदा ठूलो घाटा व्यहोर्नु परेको बताएका छन्। दाङको तुलसीपुरमा रहेको पलाउ कुखुरा सप्लायर्सले पनि लकडाउनका कारण ३ हप्तासम्म उद्योगमा उत्पादन कुखुरा बच्चा नष्ट गरेको जनाएको छ।

 बच्चा, दाना, ढुवानी गर्न नपाउँदा खाडलमा गाड्नु परेको  सप्लायर्स संचालक विराज डाँगीले बताए। आफ्नो ह्याचरी उद्योगबाट उत्पादन भएका करिब २१ हजार बच्चा गाडेको उनले बताए। लकडाउन नहुदाँ हप्ता ७ हजार बच्चा दाङ,सल्यान, रुकुम, रोल्पा पठाउने गरेको बताए।

अहिले सम्म करिब ५० लाख जति घाटा लागेको डाँगीले जानकारी दिए। बन्दाबन्दी लामो समय सम्म हुदाँ किसानहरुले उत्पादन गरेको कुखुरा विक्रि नहुदाँ सस्तो मुल्यमा बेच्नु पर्दा घाटा व्यहोर्नु परेको उनले बताए। हामीले किसानहरुलाई दाना, बच्चा उत्पादन गर्नेको लागी दिएका थियौ, उनले भने,‘ लामो समय लकडाउन हुँदा  उत्पादन भएका कुखुरा बिक्री भएका छैन्, यदि विक्रि भएको भएता पनि आधा मूल्यमा बच्न बाध्य छन्।

त्यसले गर्दा किसान र व्यवसायी मारमा परेका छौँ। किसानहरुले गाउँघरमा प्रतिकिलो एक सयमा बेच्दै आएका छन्। भने, आफुहरुले किसानबाट प्रति किलो १४० मा कुखुरा र प्रति कार्टुन  १२ मा अण्डा लिने गरेको समेत उनले बताए।

त्यसैगरी, तुलसीपुर १३ दमारगाउँमा लोकल कुखुरा उत्पादन गर्दै आएको साइसा ह्याचरी एण्ड पोल्ट्री फर्मले पनि लकडाउनका कारण लाखौँ घाटा ब्यर्होन परेको जनाएको छ।

अहिले बिक्रि वितरण नभएको र उत्पादन भैरहेको फर्म संचालन  राम कुमार अधिकारीले बताए। बोइलर कुखुराको जस्तो लोकल कुखुरा छिट्टै विक्रि गर्न नमिल्ने भएकाले पनि घाटा लाग्ने गरेको उनले बताए। अहिले हप्तामा ३ हजार चल्ला उत्पादन हुदैन् आएको र ति सबै आफुहरुले हुर्काउँदै आएको उनले बताए।

अहिले १५ हजार कुखुराहरु हुर्काउँदै आएको उनले बताए।  लकडाउन नहुदाँ  उत्पादन भएको हप्तामा विक्री हुन्थ्यो, अहिले आफैँले हुर्काउन परेका छ, उनले भने,‘ अहिले सबै उत्पादन भएका बच्चा हुर्काउन परेको छ, तिनीहरुलाई दाना, औषधी खुवाउनु पर्ने भएकाले घाटा लाग्ने गर्दछ।’ लोकल कुखुरा ४÷ ५ महिनासम्म पालेमा विक्रि गर्न मिल्ने उनले बताए। आफूहरुले उत्पादन गरेका कुखुराहरु दाङलगायत अन्य जिल्लाहरुमा सप्लायर्स गर्दै आएको समेत उनले बताए।

अहिलेसम्म करिब ५ लाखसम्म घाटा लागेको भएता पनि अझै बन्दाबन्दी भइरहेका हप्तामा ५/६ लाख घाटा लाग्ने उनले बताए। 'उत्पादन भईरहन्छ, कुखुरालाई हुर्काउनु पर्‍यो', ,उनले भने, ‘तिनीहरुलाई दाना औषधी गर्दा घाटा लाग्छ।’ 

त्यसैगरी लकडाउनको कारण कुखुरा विक्री वितरणमा समस्या भएको तुलसीपुर कुखुरा व्यवसायी समितीका तारा प्रसाद पौडेलले बताए। किसानले उत्पादन गरेको कुखुराहरु बाहिर जिल्ला पठाउन नसक्दाँ र जिल्लामा नबिक्दा समस्या भएको उनले बताए।

जिउँदो कुखुरा एक सय प्रतिकिलो बेच्दा पनि नबिक्ने गरेको उनले बताए। किसानले उत्पादन गरेको कुखुरा आधा मुल्यमा बेच्नु पर्दछ', उनले भने,‘ ५ सय कुखुरा पालेको किसानले अहिले बेच्दाँ करिब १ लाख सम्म घाटा व्यहोर्नु पर्छ।

बच्चालाई करिब ५० देखी ८० सम्म पर्दछ। अहिले एक समयमा बेच्दा किसान तथा व्यवसायीहरुले घाटा व्यहोर्नु परेको छ। दाङमा उत्पादन भएका कुखुराहरु दाङ लगायत ५-७ वटा जिल्लामा पठाउने गरेको उनले बताए।  साथै लकडाउनको कारण आफुले करिब १० लाख बराबरको घाटा व्यहोर्नु परेको उनले जानकारी दिए।

लकडाउन नहुदाँ तुलसीपुरबाट मात्र दैनिक ४ हजार कुखुरा जिल्ला बाहिर पठाउने गरेको उनले बताए। एक महिना भयो, बाहिरी जिल्ला कुखुरा विक्रि भएको छैन।  उनले भने,‘ तयारी भएको कुखुरा जिल्लामा आधा मुल्यमा बिक्रि गर्दा घाटा लागेको छ। हप्तामा १५ सय कुखुरा बिक्रि हुन्थ्यो।’

तुलसीपुरमा मात्र ३५ वटा कुखुरा ब्यवसायीहरुले जिल्ला बाहिर सप्लायर्स गर्दै आएका छन्।   त्यसैगरी घोराही कुखुरा व्यवसायी समितीका अध्यक्ष निम बहादुर बुढाथोकीले लकडाउनका कारण किसानहरु मार खेप्नु परेको बताए। घोराहीमा मात्र ४ सय ३८ जना किसानहरुले  कुखुरा पालन गर्ने गरेको उनको जिकिर गरे।

 किसानहरुले कुखुरा नबिक्दाँ कति किसानले  खाडलमा पुरेको अवस्था छ। अहिलेको बन्दाबन्दीका कारण साना किसानहरुलाई ६० हजार सम्म घाटा लागेको र ठुला किसानहरु १ लाखदेखी माथी घाटा लागेको उनले बताए। त्यसैगरी माछा, मासु खाना हुदैन्, भन्ने बाहिर हल्ला आउँदा पनि समस्या भएको छ।  जिल्लामा अन्य समयमा मासिक २ लाख कुखुराहरु खपत हुने गरेको छ।

 त्यसैगरी अर्का घोराही १० नारायपुरमा कुखुरा ब्यवसाय गर्दै आएका नेत्र बुढाथोकीले लकडाउनका कारण करिब ४२ लाख घाटा लागेको बताए। 'नेपालभर कुखुरा सप्लायर्स गर्दै आएका बुढाथोकीले कुखुरा नबिक्दा करिब ६ हजार बच्चा नष्ट गरेको छ। बजारमा  तयारी ठुला कुखुरा बिकेन्',उनले भने,‘ 'साना बच्चा उत्पादन गरेर अझ घाटा लाग्ने भएकाले ६ हजार नष्ट गर्नु पर्‍यो।

ठूला कुखुरा बिक्रि भए पनि पनि ५० देखी १ सय किलोमा बच्नुपर्‍यो। बच्चालाई १ पिसको ६५ रुपैयाँ मुल्य परेको थियो।’ जिल्लामा करिब २ हजार किसानले कुखुरा व्यवसाय गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.