|

गोरखा : गोरखामा बिहीबारसम्म ५३६ जनाको कोरोना परीक्षण गरिएकामा सबै नतिजा नेगेटिभ आएको छ। आठ गाउँपालिका र दुई नगरपालिकाका ४३४ पुरुष र १०२ जना महिलाको आरडिटी प्रविधिमार्फत कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।

परीक्षण गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए। शंकास्पद देखिएका १० जनाको पिसिआर परीक्षण गरिएको, तर उनीहरुको नतिजा पनि नेगेटिभ आएको उनले बताए।

गोरखा नगरपालिकामा सबैभन्दा धेरै १६१ जनाको आरडिटी परीक्षण गरिएको छ। पालुङटार नगरपालिकामा ५३ जनाको, सिरानचोक गाउँपालिकामा ३१ जनाको, अजीरकोट गाउँपालिकामा ३४ जनाको आरडिटी परीक्षण गरिएको थियो।

त्यस्तै बारपाक सुलीकोट गाउँपालिकामा ४३ जनाको, धार्चे गाउँपालिकामा ३५ जनाको, चुमनुब्री गाउँपालिकाका ४९ जनाको, आरुघाट गाउँपालिकाका २९ जनाको, भीमसेन थापा गाउँपालिकामा २३ जनाको, शहीद लखन गाउँपालिकाका ४९ जना र गण्डकी गाउँपालिकामा २९ जनाको आरडिटी प्रविधिमार्फत कोरोना परीक्षण गरिएको थियो।

चुमनुब्री गाउँपालिकामा अझै परीक्षण भइरहेकाले सम्पूर्ण नतिजा नआइसकेको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.