|

ताप्लेजुङ : नेपाली सेनाको भीमकाली गुल्मको सेनाले कोरोना संक्रमितको उद्धारदेखि दाह संस्कारसम्मको अभ्यास गरेका छन्।

कोरोना संक्रमणबाट बच्न मुलुकमा लकडाउन भइरहेको समयमा यसका लागि जरुरी विधि प्रस्तुत गरिएको नेपाली सेनाले जनाएको छ। यहाँ हात धुने विधि, पञ्जा, मास्क, पिपिई लगाउने तरिका र यसका लागि अपनाउनुपर्ने सावधानीका विषयमा प्रदर्शन गरिएको हो। 

प्रदर्शनस्थलमा संक्रमितलाई घरसम्म लिन जाने, ल्याएर क्वारेन्टाइनमा राख्ने आइसोलेसनमा उपचार गर्ने विधिबारे प्रस्ट्याइएको थियो। अवलोकनका लागि जिल्ला अस्पतालका डाक्टरदेखि जनप्रतिनिधिलगायतको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.