|

तनहुँ : व्यास नगरपालिका–१ निर्मलनगरको एक परिवारको छोराको शव घरमा भेटिएको छ भने आमा र छोरीको शव मादी नदी किनारमा फेला परेको छ। 
३४ वर्षीया रविना श्रेष्ठसँगै ११ वर्षीया छोरी प्रिया र १५ वर्षीय छोरा विपिन मृत भेटिएका छन्। 

छोरा विपिन मृत भेटिएको दुई दिनपछि उनकी आमा र बहिनी शनिबार नदी किनारमा मृत भेटिएका हुन्। पूर्ण रुपमा शारीरिक अशक्त विपिन घरमा मृत भेटिएका थिए। उनको घाँटीमा दाग थियो। केहीअघि छिमेकीले बिरामी अवस्थामा एक्लै भेटेका उनको केही समयपछि शव भेटिएको हो। 

विपिनका बाबु रोजगारीको सिलसिलामा भारतमा छन् उनी आमा तथा बहिनीसँग बस्दै आएका थिए। विपिनजस्तै उनकी बहिनी प्रिया पनि शारीरिक अशक्त थिइन्।अकस्मात् छोरालाई एक्लै छाडेर छोरीसहित बेपत्ता रविनाले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताए। 

घरमा मोबाइल र गरगहना सबै भएको र छोरीसहित १० गतेबाट नै बेपत्ता भएकाले घटना शंकास्पद ठानिएको छ। तर घटनाबारे यकिन गर्न सक्ने अवस्था नरहेको लामिछानेले बताए। 

घरको बाहिरको च्यानल गेट लगाएकै अवस्थामा पछाडिको ढोकाबाट आमाछोरी घटनास्थलबाट बाहिरिएको देखिएको डिएसपी लामिछानेले बताए। परिवारका अन्य सदस्यले आमाछोरी बेपत्ता भएकाले खोजीका लागि आग्रह गरेपछि गएको प्रहरी टोलीले शनिबार सेती नदीमा आमा छोरीको शव भेटेको हो। 

प्रियाको शव ऋषिङ गाउँपालिका–१ कोइदिमस्थित सेती नदी किनारमा र रविनाको शव करिब तीन किलोमिटर पर ऋषिङ–३ मास्दीघाटको नदी किनारमा भेटिएको डिएसपी लामिछानेले जानकारी दिए। 

यसअघि विपिनको शव बुझेका परिवारलाई नै पोस्टमार्टमपछि अन्य दुईको शव बुझाइने उनले बताए। विपिनको घाँटीमा निलो डाम र घरमा सबै सामान छाडेर बेपत्ता भएकाले छोराछोरीको अवस्थाका कारण विक्तिएर रविनाले अप्रिय कदम चालेको आशंका आफन्तले गरेका छन्। प्रहरीले केही दिनमा अनुसन्धानको निष्कर्षमा पुगिने जनाएको छ 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.