|

गुल्मी : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गृह जिल्ला गुल्मीमा स्वास्थ्य सामग्री पठाएका छन्। ज्ञवालीले स्वकीय सचिव जंग नेपालीमार्फत बुधबार जिल्ला विपत व्‍यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी  भरतकुमार शर्मालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

मन्त्री ज्ञवालीले ३७ सेट मेडिकल पिपिई,  ५० सेट पिपिई, ४० सेट निला गाउन, नौ सय थान ग्लोब्स, एक सय १० सेट एन नाइन्टिफाइब मास्क, १४ हजार २०० सेट सर्जिकल मास्क, एक सेट स्प्रे, ७८ लिटर सेनिटाइजर, ६५ सेट थर्मलगन र  २४ सेट शु कभर र क्याप जिल्ला विपद व्‍यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई हस्तान्तरण गरेको ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले जानकारी दिए।

स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचारमा  स्वास्थ्य सामग्री अभाव नहोस् भन्नका लागि मन्त्री ज्ञवालीले जिल्लामा स्वास्थ्य सामग्री पठाएको र आवश्यकताको आधारमा गाउँपालिकालाई जिल्ला विपद व्‍यवस्थापन समितिले  वितरण गर्ने नेपालीले बताए।

यता, स्वास्थ्य सामग्री  ग्रहण गर्दै जिल्ला विपद व्‍यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जिल्लामा स्वास्थ्य सामग्री पठाउँदा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च भएको बताएका छन्।

उनले आवश्यकताका आधारमा गाउँपालिकाहरूलाई आजै स्वास्थ्य सामग्री वितरण गरिनेसमेत जनाएका छन्।  यसअघि गुल्मी क्षेत्र नं २ का सांसद तथा पूर्वमन्त्री गोकर्ण विष्टले चैत २७ गते तीन सय थान पिपिई गृह जिल्ला पठाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.