|

बलिउड अभिनेता ऋषि कपुर अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।

क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको छ। ६७ वर्षीय ऋषि कपुरलाई बुधबार अस्पताल भर्ना गरिएको उनका भाइ रणधीर कपुरले जानकारी दिएका छन्।

रणधीरका अनुसार ऋषि कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या छ। अहिले उनको स्वास्थ्य स्थीर रहेको छ। अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए। फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.