|

काठमाडौं : काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल हाउस र भर्जिन मोबाइल ग्यालेरीले पत्रकारलाई सुरक्षा सामग्री दिएका छन्। कोरोना भाइरस संक्रमणबीच रिपोर्टिङमा खटिएका पत्रकारहरुलाई भर्जिन मोबाइल ग्यालरीले ती सामान उपलब्ध गराएको हो।

अहिले  फिल्डमा खटिएर पत्रकार र फोटो पत्रकारलाई मास्क, स्यानिटाइजर र ह्‍यान्ड वाससहितका सुरक्षा सामग्री दिइएको हो। बिहीबार काठमाडौंमा करिब २ हजार थान साधरण मास्क, एक सयथान एन-९५ मास्क र डेढ सय लिटर स्यानिटाइजर वितरण गरिएको हो।

‘कोरोना संकटका बेलामा जोखिम मोलेर समाचार संकलन र सम्प्रेषण गरिरहेका पत्रकारहरूलाई सुरक्षाका लागि मास्क लगायतका सुरक्षा सामग्री उपलब्ध गराएका हौं,’ भर्जिन मोबाइलका प्रोपाइटर विवेक शर्माले भने, 'हामीले नै कोरोनाका बेला हात धुने अभियान चलाएका थियौँ। संकट बेलामा खटिनेको सुरक्षा हाम्रो प्राथमिकता हो। सानो सामाजिक अभियान चलाएका हौं।'

कोरोनाको संक्रमण रोकथामका लागि आफूहरुले सक्दो प्रयास गरिरहेको बताउँदै शर्माले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगे पत्रकारलाई पनि उच्च जोखिम हुने भएकाले सुरक्षा सामग्री दिइएको उल्लेख गरे। 

शर्माको पहलमा कोरोना संकटयता काठमाडौं उपत्यकास्थित गरिब र मजदुरहरुलाई १५ दिनका लागि राहत सामग्री पनि वितरण गरिरहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.