|

गुल्मी :  एउटै वडामा बिक्री हुने मलमा अधिक मूल्यको अन्तर पाएपछि गुल्मीका कृषकहरुले गुनासो गर्दै आएका छन्।  कृषहरुले शनिबार मल किन्न दुवै सहकारीमा जाँदा फरक मूल्य पाएको सोही ठाउँका कृषकहरुले नाम नबताउने शर्तमा जानकारी दिएका हुन्।

एक किलो मलमै तीनदेखि चार रुपैयाँ फरक भएपछि किसानहरुले दुखेसो पोख्दै आएका छन्। जिल्लाको धुर्कोट गाउँपालिका वडा-५ को एउटै वडाका सहकारीहरुले बिक्री गर्ने युरिया मल र डिएपी मलको मूल्य फरक फरक पाइएको हो।

धुर्कोट गाउँपालिकाको वडा नं ५ मा रहेको धुर्कोट वस्तु उपभोक्ता सहकारी संस्थाले युरिया प्रतिकिलो २५ रुपैयाँ  र डिएपी प्रतिकिलो ५४ रुपैयाँमा बिक्री गर्दै आएको सो सहकारी संस्थाका संचालक माधवप्रसाद भण्डारीले स्वीकार गरे।

यस्तै, सोही वडामा संचालित अर्को लोकतान्त्रिक बहुउद्देश्यीय कृषक संस्थाले युरिया मलको  प्रतिकिलो २२ रुपैयाँ र डिएपीलाई, प्रतिकिलो ५० रुपैयाँमा बिक्री गर्दै आएको सो सहकारी संस्थाका संचालक बैकुण्ठ पन्थीले जानकारी बताए।

एउटै वडामा बिक्रीहुने मलहरुमा यसरी अधिक मुल्यको अन्तर पाएपछि कृषकहरुले गुनासो गर्दै आएका छन्। उनीहरुले शनिवार मल किन्न दुबै सहकारीमा जाँदा फरक मुल्य पाएको सोही ठाँउका कृषकको भनाइ छ।

एक किलो मलमै तीन देखि चार रुपैयाँ फरक भएपछि किसानहरुले दुखेसो पोख्दै आएका छन्।  यता सदरमुकाम तम्घासका सहकारीहरुले भने युरियालाई २० रुपैयाँ किलो  र डिएपीलाई ५० रुपैयाँ किलोमा बिक्री बितरण गर्दै आएका छन्।

सहकारीको बोर्ड बिना नै मल बिक्री

 यता मल सहि मुल्यमा र तोकिएकै मुल्यमा दिएको दाबी गर्ने लोकतान्त्रिक बहुउधेश्यीय कृषक संस्थाले सहकारीको बोर्ड नै नराखी बिक्री वितरण गरिरहेको छ। सहकारीको बोर्ड बनाउन नभ्याएकाले बोर्ड नटाँगिएको र बनाउनका लागि पठाएको बैकुण्ठ पन्थीले दाबी गरे।

गाउँपालिकाको चेतावनी

यता धुर्कोट गाउँपालिकाले भने धुर्कोट वस्तु कृषि सहकारी संस्थालाई बजार मुल्यभन्दा बढीमा नबेच्न चेतावनी दिइएकाले मूल्य घटाइसकेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले दाबी गरे। यदि बढी मूल्य लिएको पाइए अब कानुन अनुसारको कारवाही गरेरै छाडने उनले दाबी गरे।

बढी मुल्य लिए कारबाही

यता कृषि ज्ञान केन्द्र गुल्मीले भने धुर्कोट वस्तु उपभोक्ता सहकारी संस्थाले बेचेको मलको मूल्य अधिक भएको जनाएको छ। कृषि ज्ञान केन्द्र गुल्मीका प्रमूख बुद्धिराज घिमिरेले जिल्लामा मल बिक्री वितरण गर्ने सहकारी संस्थाहरुसँग बिक्री दर रेट मागिएकाले यदि कसैले बढी रकम असुल गरेको र कालोबजारी गरेको पाइएकामा कारवाही गरिने दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.