किसान घरभित्र, मौरीको घार कपिलवस्तुमा

|

दाङ : उत्पादन गरिएको मह लकडाउनका कारण काढ्न नसक्दाँ दाङमा मौरीपालक किसान मर्कामा परेका छन्‌।। मह काढ्ने समयमा सवारीसाधन बन्द हुँदा कृषकहरु मौरी राखेको स्थानसम्म जान नसकेपछि उत्पादन भएको मह मोरीको घारमै नष्ट हुँदैछ।

मह काढ्न नपाउँदा आफूहरूलाई करोडौं रुपैयाँ बराबर क्षति भएको मौरीपालक कृषकहरुले बताएका छन्। यतिखेर मह काढ्ने र मौरीको घार विस्तार गर्ने समय हो। घारहरूमा नयाँ रानीमौरी यतिखेर नै जन्मने गर्छ। एउटा घारमा रहेका दुईवटा रानीमौरीमध्ये एकलाई छुट्याएर अलग्गै घारमा राख्नुपर्छ। मौरीको घारवृद्धि गर्ने प्रमुख उपाय नै यही हो।

सामान्यतया: चैत १५ गतेदेखि मह काढ्ने सिजन सुरू हुन्छ। तर सो भन्दा अगावै नेपालमा कोरोना संक्रमण रोकथाम गर्न लकडाउन घोषणा भएको थियो। चरन क्षेत्र पर्याप्त नभएकाले दाङका किसानले मौरीका सैयौं घार लगेर कैलाली, लुम्बिनी र कपिलबस्तुमा राख्ने गरेकोमा यसपटक सवारीसाधन नचल्दा घार राखिएको ठाउँमा पुगेर मह काढ्न नसकिएको मौरीपालक महासंघ दाङका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए।

कैलालीमा मौरी चराउन लगेका तुलसीपुरमा रहेको प्राकृतिक मह उत्पादन तथा माहुरी पालन फर्मका सञ्चालक माधव केसीले यस पटक मह काढ्न नसकेको बताएका छन्‌। लकडाउन भएपनि सरकारले मौरी पालक किसानलाई केही सहज वातावरण बनाइदिएमा उत्पादित मह र मौरी ल्याउन आफूहरु तयार रहेको पनि उनले बताए।

४०० घार मौरी पालन गर्दै आएका केसीले यस सिजनमा ३०० टन मह उत्पादन गर्थे। तर यस एक किलोग्राम पनि मह उत्पादन नभएको उनले बताए। लक८ाउनका कारण यो वर्क्ष करिब १५ लाख रुपैयाँ घाटा लागेको उनको भनाई छ।

त्यसैगरी ३०० घार मौरी पालेका अर्का व्यवसायी विनोद हमालले पनि मह काढ्न पाएका छैनन्‌। अधिका‌ंश किसानहरुले अहिले मौरी चरणका लागि जिल्ला बाहिर लगेका छन्। माहुरीका लागि चरण सकिएको, चिनी पनि नपाइने र आफूहरु पनि घरबाहिर जान नसक्ने भएपछि किसानहरूलाई भएका मौरी पनि कसरी बचाउने भन्ने चिन्ता बढेको छ।

दाङ जिल्लाका किसानहरुले १६ हजार घार मौरी पालेका छन्। यस सिजनमा करिब १ ६० देखि २ सय टनसम्म मह उत्पादन हुने अनुमान गरिएको थियो। मह उत्पादन घटेसँगै जिल्लाका कृषकहरुलाई करिब ५ करोड रुपैयाँ क्षति हुने अनुमान गरिएको छ। जिल्लामा प्रति किलोग्राम मह २५० देखि ४०० रुपैयाँसम्म बिक्री हुँदै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.