डेढ वर्षभित्र खोप पनि आउन सक्छ

|

यतिबेला संसारका अर्बौं मानिस पीडामा छन्। चरा झैं स्वच्छन्द रहेका मानिसहरु पिजडाको पंक्षी झैं कैद छन्। कैदमा पनि स्वतन्त्रतापूर्वक हेर्न सक्ने अवस्थामा छैनन्। नाकमुख ढाकेर सुन्दर मुहार लुकाएर अपराधी झैं टुलुटुलु हेरेर बसेका दृष्यहरु सर्वत्र देखिन्छन्।

कोही कसैको सामु उभिएर बोल्न सकिरहेका छैनन्। माया गरेर , छोएर, स्पर्स गरेर जीवनलाई सजाउने मनहरु जगाउन सकेका छैनन्।  करोडौ युवाहरुका जीवन्त सपना थाहै नपाई जलिरहेका छन्।

मानिससँग मानिस डराएको सायद ढुंगे युगपछिको  यहीबेला होला। मानिससँग नजिक पर्दा मानिस डराउलान भन्‍ने कल्पना पनि गरिएको थिएन। समयले कल्पना नगरिएको अवस्था पनि ल्याउँदो रहेछ। समयसँग आएको क्रुरतालाई पनि आत्मसात गरेर बाँच्नु पर्ने रहेछ। सायद संसारका आम मानिसले यस्तो समय आउला भनेर  अनुमान  कल्पना पनि गरेको थिएन। 

विश्वका सबै देशमा फैलिएको कोरोना भाइरस मानिसहरुका लागि अभिशाप भएको छ। यसको रुपरंग केही छैन। यो काहाँबाट कसरी फैलिइरहेको छ त्यो पनि भन्‍न सकिन्‍न। कुनै रुप रंग आकार प्रकार नभएको विषाणु हावाले मानिस मरिरहेका छन्।

विश्‍वका साढे २ लाख भन्दा बढी मानिसले यो संसार छोडिसके। लाखौ मानिस मृत्युको प्रतीक्षामा छन्। अहिले पनि ५० हजारभन्दा बढी मानिस मृत्युको ढोकामा सुतिरहेका छन् अर्थात भेन्टिलेटरको सहायताले कृतिम स्वास फेरिरहेका छन्। लाखौँ मानिसहरु भेन्टिलेटरमा पालो कुरेर बसेका छन्। 

चुपचाप मृत्यु स्वीकार्नु पर्ने यो कठिन घडिको अन्त्य कसरी होला ? अझै भन्‍न सकिने अस्था छैन। तर पनि केही देशका वैज्ञानिकहरुले कोभिड-१९ (कोरोना भाइरस) लाई रोक्न तत्कालीन र दीर्घकालीन उपायहरुको खोजी थालि सकेको केही सूचनाहरु आएका छन्। यसले थोरै भए पनि आशाको किरण छरेको छ। जसले एकाएक मानिसहरुमा जीवन प्रतिको मोह ढेर आएको  छ।

 विकासले हारेको बेला

कोभिड-१९ अर्थात कोरोना भाइरस एउटा विषाणु भाइरस हो भन्ने कुरा वैज्ञानिकहरुले बताइसकेका छन्। यसका लक्षणहरु र उपचारका विधिबारे  पनि मानिसैपिच्छे फरकफरक तरिका देखिएका  छन्। मानिसमा रहेको प्रतिरोधी क्षमताको आधारमा भाइरसका लक्षण देखिएपछि संसारका वैज्ञानिकहरु अलमलमा पर्नु स्वभाविक हो।

भाइरसको स्वाभावै एकिन नभएको अवस्थामा रोकथामका उपायहरु पत्तालगाउन पनि कठिन भयो। जसले गर्दा मानिसहरु भकाभक मर्न थाले। मानिस मर्ने क्रम अझै रोकिएको छैन। अहिले पनि दैनिक सरदर पाँच हजारभन्दा बढीको कोरोना भाइरसबाट मृत्यु भइरहेको छ।

अमेरिका जस्तो महाशक्ति राष्ट्रसमेत  औषधिको पहिचान गर्न नसकेर ठूलो जनशक्ति गुमाउन बाध्य छ। अतिविकसित भनिएका, भिटोपावर भएका  अमेरिका  बेलायत र फ्रान्सले सबैभन्दा धेरै नागरिक गुमाएका छन्।

सात अर्ब जनसंख्या भएको विश्वमा झण्डै ५० करोड जनसंख्या भएका ती तीन देशहरुले मात्र मृत्यु हुनेको संख्यामा झण्डै ५० प्रतिशत ओगटेका छन्। फ्रान्ससँग जोडिएको  इटाली र स्पेनको संख्या जोड्दा विश्वको ७५ प्रतिशत मृत्यु  ती पाँच देशमा भएको  दुखद तथ्यांक छ।

जे नहोस भनिन्थ्यो, त्यही भयो। नोवेल पुरष्कार विजेताहरुको तपोभूमि मानिएको अमेरिका र युरोपका माहान वैज्ञानिकहरुलाई कोभिड-१९ चुनौती बनेको छ। तर पनि छोटै समयको प्रयासमा पनि केही आशा जगाउने खालका सन्देशहरु उनीहरुले  बाहिर ल्याएका छन्। यसले औषधिको अभावमा मर्नेहरुको संख्या केही कम हुनेछ ।

औषधि बनाउने प्रयास

केही औषधि निर्माण गर्ने प्रयोगशालाहरुले एफडिए (अमेरिकी सरकारको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन) को अनुमति खोजिरहेका छन्। तीमध्ये रोमदे शिविर अमेरिका गिलियाड ल्यावले स्वीकृति पाइसकेको छ। गिलियाड ल्यावका सिनियर वैज्ञानिक तथा ईमिनोलोजी प्रमुख डाक्टर सन्जीवन गौतमका अनुसार भर्खरै  गिलियाडले अफ्नो अनुसन्धानको सबै चरण पार गरेर एफडिएबाट  कोभिड-१९ को विरुद्ध बनेको औषधिलाई संकटकालिन स्वीकति प्रदान गरेको छ।

उक्त संस्थाले “अनुसन्धानका क्रममा सो औषधिको क्लिनिकल ट्रायल एनआईएच (अमेरिकी सरकारले संचालन गरेको नेशनल हेल्थ ईन्स्टिच्युट) को निगरानीमा विभिन्‍न बिरामीहरुमा प्रयोग गर्दा ३० प्रतिशत भन्दा छिटो काम गरेको पाइयो। उक्त औषधि अति सिकिस्त र सामान्य बिरामीहरुको समुहमा परीक्षण गरिएको थियो।

सिकागोमा सिकिस्त अर्थात भेन्टिलेटरमा राखिएका १सय २५ कोभिड-१९ का बिरामीहरुमा परीक्षण गर्दा १ सय १३ जना एक हप्तामै अस्पतालबाट डिस्चार्ज भएका थिए।

यस प्रकारको परिणाम अन्य बिरामीमा पनि पाइएकोले गिलियाडलाई  एफडिएले स्वीकृति दिएको हो। यतिबेला  रोमदे शिविर अमेरिका गिलियाड ल्याव कोभिड-१९ विरुध्दको औषधिमा एफडिएको स्वीकति पाउने पहिलो संस्था बनेको  छ। अब  कोभिड-१९ विरुध्दको औषधि निर्माण गरेर मानवरक्षाको काममा औषधि उत्पादक कम्पनी अगाडि सरिसकेका छन्।

परीक्षणको पहिलो, दोस्रो र तेस्रो चरणपार गरेर चौथो चरणमा प्रवेको अनुमति पाएका गिलियाडका  वैज्ञानिकहरु खुसी भएका छन्। यो औषधिले कोरोना भाइरसलाई शरीरभित्र फैलनवाट रोक्ने र अरुलाई सर्नबाट पनि रोक्ने काम गर्दछ। डा. गौतमका अनुसार यस अगाडि यही ल्यावले  ईवोलाको औषधि पत्तालगाएको थियो। एफडिएले त्यही सुत्रमा वनेको कोभिड-१९ विरुध्दको औषधिलाई हालको लागि संकटकालीन स्वीकृति दिएको हो। औषधिले स्वीकृति पाउनासाथ औषधि कम्पनीहरुले  उत्पादन थालिसकेका छन्। जे भए पनि त्यसले मानिसहरुमा सुरक्षाको अनुभूति हुन सक्ने छ।

दिनहुँ हजारौं मानिस मरिरहेको बेला कोभिड-१९ विरुद्धको औषधिले मानिसको मृत्यु रोक्न सक्छ  भन्ने सन्देशले मानव जगतमा खुसी छाएको छ। तर  पूर्णरुपमा सुरक्षित गराउनको लागि भने खोप नै पर्खनु पर्ने हुन्छ।   

 यसैगरि कोभिड-१९ उत्पति भएको देश चीनको फाभीपिराभीर ल्यावमा पनि कोभिड-१९ विरुद्धको  औषधि अनुसन्धान गरिदैछ। तर यो ल्याव औषधिको  प्रारम्भिक चरणमा छ। अब यसले दोस्रो र तेस्रो चरणमा सक्दो छिटो जाने तयारी गरिरहेको छ। यसले पनि कम्तिमा दुईतीन हप्तामा औषधि तयार गरि सर्वसाधारणको लागि उपलव्ध गराउन सक्ने सन्देश चुहाएको छ। यो मानव जगतको लगि अत्यन्त महत्वपूर्ण सन्देश हो। यसैगरि कालेत्र एवोट ल्याब, अमेरिकाले पनि परिक्षणको पहिलो चरणमा जाने तयारी गरिसकेको छ।

भिरवायो टेक सन्फ्रान्सिस्कोले मोनोक्लोनल ऐन्टीवडी औषधि परीक्षण मानिसमा शूरु गरिसकेको छ। एन्टिवडिले भाइरस जीवाणुसँग मिसिएर भएर रोग प्रतिरोधात्मक प्रणालीलाई भाइरसविरुद्ध कार्यशील गराउने कुरा डा. गौतमले बताउनुभएको छ। उहाँका अनुसार यसले कोरोना भाइरस निर्मूल नगरे पनि भाइरसलाई कमजोर बनाउने र दोस्रो व्यक्तिमा सर्नबाट  रोक्छ। खोप नआउदासम्म औषधिबाट मानिसलाई जोगाउन सकियो भने पनि ठूलो उपलव्धी मान्नुपर्छ। छोटो समयमै देखिएको यो उपलव्धीलाई सकारात्मक मान्नु पर्छ र वैज्ञानिकहरुलाई विशेष धन्यवाद दिनु पर्दछ। यो भयो औषधिको कुरा।

खोप पनि आउँदैछ

खोपमा पनि औषधिमा जस्तै चौथो चरणमा मात्र सर्वसाधारणमा लगिन्छ। यी काम हल्लाखल्ला गरेर प्रचार गरिने विषय पनि होइन। तर पनि वैज्ञानिकहरु जति सक्दो चाँडो खोप ल्याएर कोरोनाबाट मानवीय क्षति रोक्न चाहन्छन्।

अहिले खोप अर्थात भ्याक्सीन पत्ता लगाउने तर्फ पनि उपलव्धी भैरहेको छ। कोभिड-१९ को दीर्घकालीन उपचार भनेको खोप नै हो। भन्‍नासाथ खोप तयार हुन नसक्ने वैज्ञानिकहरुले बारम्बार भनिरहेका थिए। अको एक डे महिनामा औषधि र १० देखि १८ महिना भित्रमा खोप आउन सक्ने आशा लाग्दा सूचनाहरु आएका छन्। सफल असफल के होला त्यतातिर मानिसको ध्यान छैन अहिले केवल बाँच्ने आशा पलाएको छ।

अहिले बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले पत्ता लगाएको खोप नै धेरै मानिसहरुमा प्रयोग गरिसकिएको छ। अहिले उनीहरु  खोप हालेका मानिसहरुमा परेको प्रभाव बारे अध्ययन गरिरहेका छन्। खोप परिक्षण गरिएका मानिसहरुमा परेको प्रभाव सकारात्मक आएकोले विश्व स्वास्थ्य संगठनको  स्वीकृति पाए पछि खोप उत्पादन शुरु गर्न सकिन्छ भन्‍ने विश्वास गरिएको छ। खोपमा अहिले सम्मको नतिजा हेर्दा  अक्सफोर्ड विश्वविद्यालय नै अगाडि छ।  अक्सफोर्डले तयार पारेको खोप छिटो स्वीकृत भयो भने अवको १८ महिना भित्रमा सर्वसाधारणमा खोप पुग्न सक्छ।

यस्तै आशा अमेरिकाको मोदेर्ना थेरपेउटिक्सले कोभिड-१९ विरुध्दको खोपलाई पहिलो चरणमा प्रवेश गराइसकेको छ। अमेरिकाको सरकारी स्वास्थ्य संस्था (एन आईएच) को सहयोगमा खोप तयार पार्ने काम बढेको छ। त्यस्तै अमेरिकाकै इनोभिया थेरपेउतिक्सले पनि प्रथम चरणमा प्रवेश गराउदै छ। त्यस्तै जोहन्सन र फैजेर, फ्रान्सको सनोफी र जर्मनीको वायोएनटेकले पनि अनुसन्धानको प्रारम्भिक चरणमा प्रवेश गरेका छन्।

अमेरिकी एनआई एचका वैज्ञानिक डा. अन्थोनी फौचीका अनुसार खोप अनुसन्धान सफलताको बाटोमा रहेकाले सर्बसाधारणको लागि आउन अवको १० देखि  १८ महिना लाग्ने बताएका छन्।

नियन्त्रणको सन्देश

औषधिको सफल परीक्षण भएर सरकारबाट स्वीकृति पायो भन्‍ने सन्देश बाहिर आउना साथ अमेरिकीहरु खुसीले उफ्रिएका छन्। दिनहुँ लाश उठाइरहेका अमेरिकीहरुमा बाँच्ने आशा पलाउनु स्वभाविक हो। मे १ मा भएको अमेरिकी सरकारको प्रेस ब्रिफिङमा अब मे १५ सम्ममा ९७ प्रतिशत कोभिड-१९ नियन्त्रण हुने दाबीसमेत गरेका छन्।

एकहप्ता अगाडिको तुलनामा यतिबेला संक्रमण धेरै कम भएको र अब दुईहप्ता कष्टपूर्ण जीवन कटाउन सर्वसाधारणलाई अनुरोध पनि गरिएको छ। केही समय यता सुधारोन्मुख रहेको कोभिड-१९ औषधि प्रयोग पछि नियन्त्रणमा आउने र अमेरिकीहरुको दैनिकी पूर्ववत अवस्थातर्फ उन्मुख हुने आसा विज्ञहरुले गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.