|

काठमाडौं : कोरोनाका विरामीको उपचार भइरहेको अस्पतालको ओपीडी सरकारको निर्देशन अवज्ञा गर्दै खुलाइएपछि उपचारको नाममा सयौँको भीड जम्मा भएको छ।

कोरोना फैलिएपछि देशभरका अस्पतालको ओपीडीमा सामाजिक दूरी कायम गरी सेवा दिनु भन्‍ने सरकारको निर्देशन उल्लंघन गरिँदा जोखिम बढेको हो। 

‘कोरोना पोजेटिभ बिरामी राखिएकै अस्पतालमा आवश्यक सुरक्षा विधि नअपनाई ओपीडी खुलाउँदा कति जोखिम बढ्छ होला?’, भरतपुर अस्पताल स्रोतले भन्यो, ‘मेडिकल सुपरिटेन्डेन्ट र सञ्‍चालक समितिका अध्यक्षले आफूखुसी निर्णय गरेर आइतबारदेखि ओपीडी खुलाएपछि मान्छेको भिड नै लागिरहेको छ। कोरोनाको 'रेड जोन' भनिएको क्षेत्रमा यसरी मान्छे उत्रारिँदा नतिजा कस्तो आउला?’ 

भरतपुर अस्पतालमा कोरोना संक्रमित २ विरामी राखिएको थियो। एकजना उपचारपछि घर फर्किसकेका छन्। एक जना अझै अस्पतालमै छन्। अस्पतालका मेसु श्रीराम तिवारीले जनतालाई सेवा दिएको तर्क गरेका छन्। उनले भने, ‘हामीले बिरामी जनतालाई सेवा दिएका हौँ। यहाँ हामीले आवश्यक सुरक्षा अपनाएर सेवा दिएका छौँ। आज पनि दुइ सयलाई सेवा दिएका छौँ।’ 

अस्पतालका प्रमुख तिवारीले जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनमा ओपीडी खुलाएको थाहाखबरलाई बताए। चितवनका प्रमुख जिल्ला अधिकार नारायण प्रसाद भट्टराईलले भने स्वास्थ्यसम्बन्धी सचेतना अपनाएर सेवा दिनु भनेको बताए।

‘स्वास्थ्यसम्बन्धी सचेतना अपनाएर सेवा दिनु भनिएको हो,’ उनले भने, ‘तर, सामाजिक दूरी कायम नगरी भीड जम्मा गरिँदा कोरोना संक्रमण फैलिन सक्छ। यसरी अव्यवस्थित रुपमा सेवा दिँदा झन् समस्या बढ्छ। अरु के रहेछ म बुझौँला।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.