|

मुगु : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले चैत्र ११ गते देखि लागू गरेको लकडाउनको कुनै परबाह नगरी कार्तिक मंसिर महिनामा आफनो खेतबारीमा रोपेको जौं काट्न किसानलाई धमाधम छ।

कार्तिक मंसिर महिनामा खेतबारीमा छरेको जौं वैशाख महिनाको दोस्रो सातासम्म अघिल्ला वर्षहरुमा किसानले  भित्र्याइसकेका हुन्थ्ये। यो वर्ष चैत्र ११ गते देखि लागू भएको लकडाउनका कारण वैशाख तेस्रो सातासम्म जौ भित्र्याउन चहलपहल थिएन। 

लकडाउन खुलेपछि मात्र आफनो खेतबारीमा उत्पादन भएको हिउँदे बाली जौ भित्र्याउन तयारी रहेका किसानहरु पुन  लकडाउन थप भएपछि यसको कुनै परबाह नगरी हरियो जौं काट्ने चटारोमा लागेका हुन्।

छायानाथ रारा नगरपालिका—४ कि किसान ठेकबहादुर रोकायाका अनुसार लकडाउन खुलेपछी मात्र जौं काटेर घर ल्याउने सबै किसानको सल्लाह भएको थियो।लकडाउन थप भएकाले जौ खेतमै रहनुभन्दा हरियो भए पनि काट्न थालेको बताए। अगिल्ला वर्षहरुमा वैशाख महिनाको दोस्रो सातामै जौं काटिसकेर यतिबेलासम्म खेतमा धान र कोदोको बेर्ना तयारी गरिसक्थ्ये।

लगातारको वर्षाले समेत जौ पाक्न पाएको छैन, काँचो भए पनि पशु चौपाया भौकै मर्ने भएकाले घाँसका लागि भए पनि जौ काट्न शुरु गरेको अर्का किसान हरिलाल रोकायाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.