म्याग्दी : नीलो गगनमुनि हरियो पहाड। क्षितिजपारि सेताम्ये हिमाल वारि गज्ज्बको हरियाली। जैविक विविधता र प्राकृतिक सुन्दरताको अनुपमस्थल दुरुलेकलाई पश्चिम सौन्दर्य पारखीहरुले छुट्टै नाम दिएका छन् – प्रकृतिको यौवन छचल्किएको ठाउँ।
म्याग्दीको मालिका गाउँपालिका २ रुम र बागलुङको ताराखोला गाउँपालिका ५ सीपको सीमानामा पर्छ दुरुलेक। प्राकृतिक सुन्दरता,जैविक विविधता र सांस्कृतिक एकताले युक्त दुरुलेकमा प्रशस्तै पर्यटकीय सम्भावना छ। तर पूर्वाधार अभावले यसले चर्चा पाउन सकेको छैन।
समुद्री सतहदेखि ३ हजार ५ सय मिटरको उचाइमा रहेको दुरुलेकसम्म पुग्न त्यति कठिन पनि छैन। रुमसम्म सवारी साधन र त्यहाँबाट करिब ४ घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ। प्रचारप्रसार अभावले धेरै मानिस चाहना हुँदा पनि जान भने सकेका छैनन्।
भीरमह सिकारको उत्कृष्ट गन्तव्य
दुरुलेकमा भीर मौरीको मह सिकारका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने प्रशस्तै सम्भावन पनि छन्। पहराहरुमा बग्रेल्ती भीरमौरीका गोला छन्। त्यहाँका भीरहरुमा रुम र बागलुङको ताराखोलाका मह सिकारीहरुले परम्परागत रुपमा मह निकाल्दै आएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।