ओमनको खाडीमा जारी सैन्य अभ्यासका इरानी सेनाले हानेको क्षेप्यास्त्र भूलवश आफ्नै जहाजमा ठोक्किँदा १९ जनाको मृत्यु भएको छ। घटनामा १५ जना घाइते भएका छन्।
इरानी सरकारी मिडियाले जनाएअनुसार नयाँ एन्टिशिप मिसाइल परीक्षणका क्रममा आइतबार घटना भएको हो। हर्मुज स्ट्रेटनजिकै भइरहेको उक्त अभ्यासका क्रममा सेनाले हानेको मिसाइल सैन्य उपकरण बोक्ने जहाजमा ठोक्किएको बताइएको छ। अभ्यासमा जामरान र कोणार्क नामका दुई जहाज सामेल थिए। जामरानबाट दागिएको मिसाइल कोणार्कमा लागेको हो।
सरकारी रिपोर्टमा भनिएको छ, 'निशानाबाजीको अभ्यास भइरहँदा कोणार्क नामक जहाज निशानाको बीचमा आइपुग्यो। निशाना र कोर्णाकबीचको दूरी ख्याल नगरिँदा घटना भएको देखिन्छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।