मे १८ पछि लकडाउन-४ लागु गर्ने

|

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संकटसँग जुध्‍न २० लाख करोड भारतीय रुपैयाँको विशेष आर्थिक प्याकेज घोषणा गरेका छन्।

मंगलबार राति देशवासीलाई सम्बोधन गर्दै उनले देशको अर्थव्यवस्थालाई गति दिन २० लाख करोड भारतीय रुपैयाँको विशेष आर्थिक प्याकेज घोषणा गरेका हुन्।

भारतमा लकडाउन जारी भएयता देशबासीलाई मोदीको यो पाँचौ सम्बोधन हो। मोदीले राष्ट्रका नाममा ३३ मिनेट लामो सम्बोधन गर्दै १८ मेदेखि लकडाउन ४ जारी रहने पनि बताएका छन्। उनले लकडाउ-४ नयाँ रुपरंग र नयाँ नियमसहितको हुने बताएका छन्। 

मोदीले कोरोना अभूतपूर्व संकटका रुपमा आएको बताउँदै यसबाट बाहिर निस्किनका लागि आत्मनिर्भर भारत एक मात्रै विकल्प भएको बताए। उनले कोरोना संकटबाट जोगिएर भारत र भारतबासीले अगाडि बढ्नु जरुरी रहेको पनि उल्लेख गरे।

देशको आर्थिक गतिविधिलाई तीव्र गतिमा अघि बढाउनका लागि उनले २० लाख करोड भारुको विशेष आर्थिक प्याकेज ल्याउने घोषणा गरेका हुन्।

यो राहत प्याकेज भारतको कुल ग्राहस्थ उत्पादनको झण्डै १० प्रतिशत हो। लकडाउनको ५४ औँ दिन हुँदा मोदीको यो पाँचौं सम्बोधन हो। यसभन्दा पहिले सोमबार मोदीले देशमा मुख्यमन्त्रीहरुसँग ६ घण्टा सम्वाद गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.