वीरगञ्‍जमा मात्रै ९० संक्रमितको उपचार हुँदै

|

पर्सा : वीरगञ्जस्थित नारायणी अस्तपालको आइसोलेसन वार्ड कोरोना संक्रमितले भरिएको छ। २५ जना मात्रै अट्ने गरि बनाइएको नारायणी अस्पतालको आइसोलेसन वार्डमा क्षमता भन्दा तेब्बर बिरामी आएपछि उपचारमा पनि समस्या भएको छ।

पछिल्लो पटक भेटिएका १८ संक्रमितमध्ये १७ जनालाई वीरगञ्‍जकै सिद्धार्थ स्कुलमा पठाइएको हो। त्यस्तै बुधवार भेटिएका तीनजनालाई पनि त्यहीँ लगिएको छ। २५ वटा आइसोलेसन वार्डसहितको अस्पतालमा ९० जना बिरामी एकैपटक आएपछि समस्या भएको हो।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्‍नेतका अनुसार मंगलवार भेटिएका कोरोना संक्रमित अस्पतालकै नर्स र एम्बुलेन्स चालकबाहेक २० जनालाई यसअघि क्‍वारेन्टाइनका रुपमा रहेको सिद्धार्थ स्कुलमा सारिएको हो।

क्‍वारेन्टाइनका लागि तयार स्कुल परिसरलाई सेमी आइसोलेसन वार्डमा रुपान्तरण गरेर मंगलवार र बुधवार भेटिएका २० जना कोरोना संक्रमितलाई राखिएको सहायक प्रजि बस्‍नेतले बताए। 

नारायणी अस्पतालकी नर्सलाई पनि कोरोना  संक्रमण

'क्‍वारेन्टाइनलाई सुधार गरेर सेमी आइसोलेसन वार्डका रुपमा तयार गरेपछि २० जनालाई त्यहाँ सारिएको छ', उनले भने, 'नारायणी अस्पतालमा एकैचोटी त्यतिका धेरै बिरामीको उपचारमा समस्या भएपछि यस्तो कदम चाललेका हौं।'

वीरगञ्ज क्षेत्रमा मात्रै हाल ९० जना कोरोना भाइरस संक्रमित छन्। नारायणी अस्पतालमा ७० जनाको उपचार भइरहेको छ। त्यस्तै सिद्धार्थ स्कुलमा मंगलवार भेटिएका १७ जना र बुधवार भेटिएका ३ सहित २० जनालाई राखिएको छ।

नारायणी अस्पतालबाट भागेका दुवै संक्रमित पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.