|

स्याङजा : लकडाउनको मौका छोप्दै कालोबजारी गर्ने स्याङ्जा बिरुवा-५ का तीन जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। 

दैनिक उपभोग्य बस्तु, मदिराजन्य पदार्थ लगायत सामाग्री अभाव रहेको भन्दै बढी मूल्यमा बिक्री गरेको पाइएपछि सोम ब. थापा , इन्द्रवीर थापा र राजेन्द्र प्रसाद वाग्लेलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन्‌।

पक्राउ परेका व्यापारीहरूमाथि कालोबजारी तथा सामाजिक अपराध ऐन, २०३२ अनुसार खाद्य पदार्थको कालोबजारीमा संलग्न भएको आरोपमा मुद्धा दायर गरिएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ। 

प्रजिअ कुरुम्बाङले कतै कालोबजारी गरिएको भए तत्काल प्रशासनमा खबर गर्न आग्रह गरेका छन्‌। उनले भने, ‘हामीले लकडाउनको समयमा हुनसक्ने कालोबजारीलाइ सुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौँ, संकटको बेला मौका छोप्ने होइन, उपभोत्तालाइ सहजता प्रदान गर्ने हो।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.