|
हमलाबाट जोगिएका नवजात शिशुहरू।

अफगानिस्तानको राजधानी काबुलस्थित एक प्रसुती अस्पतालमा आतंकवादी हमला हुँदा सुत्केरी आमा र नवजात शिशुसहित २४ जनाको ज्यान गएको छ।

सुत्केरी गराउन आएका गर्भवती, आमा, नवजात शिशु र नर्सहरुको ज्यान गएको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

हमलामा परी अन्य १६ जना घाइते भएका छन्। हमलाका क्रममा जोगिएका नवजात शिशुहरुलाई अर्को अस्पतालमा पठाइएको छ। यो आततायी हमलाको जिम्मेवारी अहिलेसम्म कुनै आतंकवादी संगठनले लिएको छैन।

मंगलबार अफगानिस्तानमा भएको आतंकवादी हमलामा पनि ३२ जना मारिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.