|

बर्दिया : बर्दियाकी कोरोना संक्रमित बालिकासँगै क्वारेन्टाइनमा रहेका ३९ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। राजापुर नगरपालिका-५ बदालपुरकि ११ वर्षीया कोरोना संक्रमित बालिकाको सम्पर्कमा आएका ३९ जनाको स्वाब परीक्षण गरिएको थियो।

बालिकासँगै क्वारेन्टाइनमा बसेका सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए। बालिकालाई कैलालीबाट सीधै ल्याएर क्वारेन्टाइनमा राखिएको थियो। गाउँका अन्य कोहीपनि उनको सम्पर्कमा थिएनन्। 

कैलालीबाट फर्किँदा र क्वारेन्टाइनमा रहँदा उनको सम्पर्कमा आएकोको स्वाब परीक्षणका लागी पठाइएको थियो। उनकी हजुरआमाको रिपोर्ट भने यसअघि नै नेगेटिभ आइसकेको छ। संक्रमित बालिका बैशाख १६ गतेसम्म कैलालीको मजगाउँ र भजनीमा बसेकी थिइन्। त्यहाँ पनि उनको सम्पर्कमा आएकोको स्वाब परीक्षणका लागी पठाइएको छ। 

यो सँगै बर्दियामा स्वाब परीक्षण गरिएका ५८४ मध्ये ५८३ जनाको रिपोर्ट नेगेटिभ आएको छ। एक जनामा मात्रै कोरोना पाजेटिभ देखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए।

बर्दियामा अहिलेसम्म तीन हजार पाँच सय जनाको आरडिटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.