|

दाङ : तुलसीपुर उपमहानगरपालिकामा लकडाउनको अवधिमा सातामा तीन दिन मात्रै बैंकहरु खुल्ने भएको छ।

उपमहानगरपालिकामा रहेका विभिन्न बैंकका प्रतिनिधिहरुबीचको छलफलले सातामा तीन दिन बैंक खोल्ने सहमति भएको हो। यस क्षेत्रमा आइतबार, मंगलबार र बिहीबार बैंक खुल्ने भएको लक्ष्मी  बैकका म्यानेजर सरोज चौधरीले जानकारी दिए।

बिहान १० देखि दिउँसो १ बजेसम्म बैक खोल्ने निर्णय भएको हो। बैंक खोल्दा अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्नु पर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.