|

काठमाडौं :  सरकारले आगामी आर्थिक २०७७/७८ को नीति तथा कार्यक्रम शुक्रबार अपराह्न संघीय संसद्मा प्रस्तुत गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। कोरोनाको संकटबीच सरकारले आर्थिक संकटबाट माथि उठ्ने रणनीतिसहित नीति तथा कार्यक्रम प्रस्तु गरेको हो। 

संसदमा प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रममा सरकारले कोरोना संकटबाट निस्किँदै स्वास्थ्य पूर्वाधार र रोजगारी बढाउनले लक्ष्य लिएको छ।

नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ।

यसअघि संसद्‍मा पूर्वबजेट छलफल भइसकेको छ। कोरोना भाइरसको जोखिमका कारण विगत वर्षको नीति, कार्यक्रम प्रस्तुत हुँदा धेरै पाहुनालाई आमन्त्रण गरिएको छैन। दर्शक र सञ्चारकर्मीको उपस्थिति पनि पातलो छ।

बैठकका गतिविधिलाई विभिन्न राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गर्दैछन्। यसअघि सांसद्हरुको कोरोना भाइरस परीक्षण गरिसकिएको छ भने हरेक बैठकमा प्रवेश बैठककक्ष बाहिर तापक्रम जाँच र स्यानिटाइजर लगाउने प्रबन्ध गरिएको छ।

भौतिक दूरीसहित तर्जुमा गरिएको बैठक कक्षा सांसद सबैले मास्क लगाएर प्रवेश गरेका थिए। राष्ट्रपतिको सम्बोधन सकिएपछि साँझ ६ बजे दोस्रो बैठक बस्ने कार्यतालिका तय गरिएको छ।

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.