|

दाङ : दाङमा युवाहरु सामूहिक रुपमा तरकारी खेतीमा लागेका छन्। 

दंगीशरण गाउँपालिका २ सरुवाडाँडामा सिर्जनशील युवा कृषि समूहका ती युवाले एक बिगाह जग्गा भाडामा लिएर खेती गरेका छन्। समूहका अध्यक्ष चक्रमिलन विश्वकर्माका अनुसार गत माघदेखी सुरु गरिएको तरकारी खेतीमा बोरी, टमाटर, काक्रा, खुर्सानी, लौका, करेललगायत बाली लगाइएको छ। 

साथै तरकारीहरु बेच्न सुरु गरिएको छ। ‘अहिले फल्न शुरु गरेको छ,’ उनले भने,‘ त्यो पनि गाउँमा बिक्री गर्दै आएको छौँ। बजार लगेर बचौँ भने मूल्य छैन, लकडाउनले गर्दा बजारसम्म पु¥याउन समस्या छ,’ विश्वकर्माले बताए ।  

३ विगाह जमिनमा खेती गर्ने लक्ष्य भए पनि जमिन अभावको कारणले सुरुमा १ विगाह ५ वर्षको लागि वार्षिक १६ हजार बुझाउने गरी भाडामा लिएको उनले बताए। ‘समूहमा ११ जनाको टिम भए पनि अहिले ३ जना मात्र खटिएर काम गर्दै आएको छौँ,’ उनले भने।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.