|

स्याङजा : लकडाउनका कारण सुनसान बनेको सिद्धार्थ राजमार्गमा व्यायम गर्नेभो भिडभाड देखिन थालेको छ।

विशेषगरी गल्याङ नगरपालिकाको मुडकिल्ला, तुलसीभञ्याङ, करादी र चिउरीमा बिहान सबेरै व्यायम गर्नेको भिडभाड लाग्ने गरेको छ। अहिले सबेरै उठेर शारीरिक व्यायम गर्ने स्थानीयको घुइँचो राजमार्गमा देखिन थालेको छ।

लकडाउनको कारण खाने र घरमा बस्ने मात्र काम भएकाले स्वास्थ्यमा आउन सक्ने समस्यालाइ निराकरण गर्न नियमित शारीरीक व्यायम गर्ने अभियानमा लागेको स्थानीयहरुको भनाइ छ। लकडाउनले घरमै बस्ने, खाने र अन्य रोग निम्त्याउने गर्नुभन्दा मर्निङ वाक र व्यायम गर्दा धेरै रोगबाट बँच्न सकिने स्थानीय विशाल नेपाल बताउँछन्।

‘कोरोनाभन्दा पहिले युवाहरुमा मात्र शारीरीक व्यायम गर्नेको आकर्षण थियो,’ उनी भन्छन्, ‘अहिले सडक सुनसान बनेपछि सबै उमेर समूहका मानिसहरु राजमार्गमा निस्किने गरेका छन्।’ 

उनीहरुले राजमार्गको छेउछाउमा रहेका कल्बर्ड र सडकलाई व्यायम गर्ने स्थानको रुपमा प्रयोग गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.