|

काठमाडौं : देशभर आजसम्म साढे ९२ हजार कोरोना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ६५ हजार ७ सय ४९ वटा र पिसिआर विधिमार्फत २६ हजार ६ सय ९१ वटा गरी कुल ९२ हजार ४ सय ४० वटा परीक्षण गरिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मात्र पिसिआर विधिबाट २ हजार ५ सय ७९ र आरडिटी २ हजार ६ सय ६४ वटा गरी ५ हजार २ सय ४३ वटा परीक्षण गरिएको जाtनकारी दिएका छन्।  

आरडिटी विधिमार्फत भएका परीक्षणको प्रादेशिक विवरणअनुसार हालसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १७ हजार ४ सय ५ वटा परीक्षण गरिएको छ। त्यसपछि बागमती प्रदेशमा १० हजार ४ सय ५२ वटा, प्रदेश नम्बर १ मा ९ हजार १ सय ११ वटा, प्रदेश नम्बर ५ मा ८ हजार ४ सय ९० वटा, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ वटा, गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२ वटा र प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८७ वटा परीक्षण गरिएको छ।

क्‍वारेन्टनाइनमा १६ हजार बढी

मन्त्रालयले शनिबारसम्म क्वारेन्टाइनमा बस्नेहरूको संख्या १६ हजार ३ सय ६६ जना रहेको छ। सबैभन्दा कम बागमती प्रदेशमा २ सय जना र गण्डकी प्रदेशमा ३ सय २६ जना रहेका छन् । त्यसपछि प्रदेश नम्बर १ मा ९ सय ३८ जना, कर्णाली प्रदेशमा ९ सय ८९ जना, सुदुरपश्चिम प्रदेशमा १ हजार ६ सय २८ र प्रदेश नम्बर २ मा २ हजार ६३ जना रहेका छन्। सबैभन्दा वढी भने प्रदेश नम्बर ५ मा १० हजार २ सय २२ जना क्वारेन्टाइनमा बसेका छन्।

आजको अपडेटअनुसार संक्रमित र सम्भावित संक्रमित गरी ३२० जना आइसोलेशनमा छन्। तीमध्ये ३२ जना काठमाडौंउपत्यकाभित्र र २८८ जना काठमाडौंबाहिर रहेका छन्। सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा १ सय १५ जना र प्रदेश नम्बर २ मा १ सय ११ जना रहेका छन्। त्यसपछि बागमती प्रदेशमा ६४ जना, प्रदेश नम्बर १ मा २४ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना रहेका छन् । गण्डकी प्रदेशमा भने १ जना मात्र आइसोलेशनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.