|

स्याङजा : गल्याङ नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। 

वडा नम्बर ४ मोतीचौर की ६१ वर्षीया उतिसरा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ।

शनिबार साँझ ५ बजे घर नजिकैको निजी खरबारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर थापाको मृत्यु भएको हो। अबेरसम्म थापा घर नआएपछि घरका परिवार खोज्न जाँदा थापा मृत अवथामा भेटिएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.