|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कोरा कागज जस्तै भएको टिप्पणी गरेका छन्। आज आइतबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै सभापति देउवाले सरकारले अहिलेको अवस्थाको मूल्यांकन नगरेको आरोप पनि लगाए। 

उनले सरकारलाई कोरोनाको क्षतिबारे सरकारलाई ज्ञान नभएको पनि बताए । ‘यो सरकारलाई कोरोनाले गर्न सक्ने र गरेको क्षतिबारे ज्ञान नै छैन,’ उनले भने, ‘सरकारले अहिलेसम्म कोरोनाको क्षति रोक्न अहिलेसम्म के तयारी गर्यो ?’ 

सरकारमा कोरोनाले गर्नसक्ने क्षतिबारे ज्ञान नभएको, जनताको संवेदना बुझ्न सक्ने हृदय नभएको र यस्तोवेला जनतालाई आस्वस्त पार्ने योजना नभएको देउवाको टिप्पणी छ। सरकारले अहिले ल्याएको नीति तथा कार्यक्रम एक वर्षे र तत्कालै गर्न नसकिने खालको भएको र बहुवर्षे खालको भएको बताए।  विदेशमा रहेका नेपालीलाई तत्कालै स्वदेश ल्याएर क्वारेन्टाइनमा राखी पीसीआर विविधबाट परिक्षणको व्यवस्था मिलाउन देउवाले आग्रह गरे। 

पूर्ण पाठ :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.