|
फाइल फाेटाे

काठमाडाैं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा महामन्त्री डा.शशांक कोइरालाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमहरु नागरिकको दु:खमा संवेदनशील नभएको बताएका छन्।संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।   

‘विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले पारेका र पार्न सक्ने प्रभावहरुको आँकलन गर्दै नीति तथा कार्यक्रमले प्राथमिकता छुट्याउनु पर्ने थियो। तर, निवन्धात्मक शैलीमा मुख्यतया सरकारको गुणगान गाउदै आएको नीति तथा कार्यक्रमबाट सरकार आम – नागरिकको दु:खमा संवेदनशील नभएको प्रष्ट देखिन्छ’ उनले भने। 

उनले कालापानी, लिपुलेकको विषयमा भारतसँग वार्ता गरेर परिणाममूखी नजिता ल्याउन पनि सरकारलाई आग्रह गरे। ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत नेपाली भुमिको अतिक्रमण बारे नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक तर उच्चस्तरमा सार्थक र परिणममुखी वार्ता गरेर समस्या समाधान गर्नको लागि आग्रह गर्दछु’ उनले भने, ‘सरकारले कोरोना नियन्त्रणलाई प्राथमिता राखे पनि त्यसका खास कार्ययोजना भने आएन।’ 

संकटको समयमा सरकारलाई कांग्रेसले साथ दिएको बताउँदै उनले सरकारले महामारीसँग जुध्न केही काम गर्न नसकेको आरोप लगाए।  उनले नीति तथा कार्यक्रममा सरकारले भ्रष्टाचारविरुद्ध कारबाहीलाई तिव्रता दिएको भनिएपनि महासंकटको अवस्थामा सरकार संवदेशनशिल नभई भ्रष्टाचारमा लिप्त भएको आरोप पनि लगाए।

‘नीति तथा कार्यक्रममा सरकारले सुशासन, शान्ति सुरक्षा कायम गरेको, भ्रष्टाचार विरुद्ध कारवाहिलाई तिब्रता दिएको भनिएको छ तर महासंकटको यस्तो अवस्थामा समेत सरकार संवेदनसिल नभएर भ्रष्टाचारमा लिप्त भएको कुरा त औषधि उपकरण ल्याउन दिएको ठेक्काको खरिद प्रकृयामा अनियमितता भएको र प्रकृया रद्ध भएबाटै प्रष्ट छ।’ उनले भने, ‘(यति काण्ड, सेक्युरीटी प्रेस खरिद काण्ड तथा संसद अपहरण जस्ता काण्डहरु छताछुल्लै छन।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.