काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने नेपाली खेलाडीको प्रशिक्षकले नगद पुरस्कार पाएका छन्।
युवा तथा खेलकुद मन्त्रालयले नेपाललाई पदक जिताउने खेलका ६८ प्रशिक्षक र सहायक प्रशिक्षकको बैंक खातामा रकम जम्मा गरिदिएको जनाएको छ। प्रशिक्षकहरुले पुरस्कारवापत १ करोड ८६ लाख रुपैयाँ पाएका छन्।
यसअघि पदक जित्ने ४३५ खेलाडीको लागि १९ करोड ५३ लाख मन्त्रालयले सम्बन्धित खेलाडीको बैंक खातामा जम्मा गरिदिएको थियो। तर कतिपय प्रशिक्षकको पेश्की फर्छ्यौट नभएको भन्दै उनीहरुलाई नगद पुरस्कार दिइएको थिएन।
सागमा स्वर्ण जित्ने खेलको प्रशिक्षकले ५ लाख, रजत जित्नेले ३ लाख र कास्य जित्ने २ लाख रुपैयाँ पुरस्कार पाएका छा्। यस्तै स्वर्ण जित्ने खेलका सहायक प्रशिक्षकले ३ लाख, रजत जित्नेले २ लाख र कास्य जित्नेले १ लाख रुपैयाँ पाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।