राजनीति

'कतारले डेढ सय मान्छे लगेजस्तो लाखौं नेपाली ल्याउन सजिलाे छैन'

फाइल फाेटाे
जेठ ६, २०७७

    काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र नेपाली ल्याउन सजिलो नभएको प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले कतारले नेपालबाट आफ्ना नागरिक चार्टड गरेजस्तो सजिलो लाखौँ नेपालीलाई नेपाल ल्याउन सम्भव नभएको बताएका हुन्। 
     

    उनले कतार, बहराइनलगायत मुलुकका राष्ट्रप्र मुखहरुसँग कुराकानी गरिरहेको पनि बताए। विदेशका राष्ट्रप्रमुखहरुले नेपालीलाई आफ्ना नागरिकसरह व्यवहार गर्ने बताएको पनि दाबी गरे।  

    विदेशबाट अहिले तत्कालै नेपालीहरुलाई नेपाल ल्याए त्यो व्यवस्थावपन गर्न र क्वारेन्टाइनमा राख्न समस्या हुने उनले बताए। अहिले वास्तवमै पीरमर्का परेका विदेशमा रहेका नागरिकलाई सरकारले उद्धार गर्ने पनि उनले बताए। कतारले डेढ दुई सय मानिस लगेजस्तो ४ लाख नेपाली ल्याउन सहज नभएको पनि उनकाे भनाइ थियाे।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]