|

दैलेख : दैलेखको पश्चिममा पर्ने आठबिस नगरपालिका १ सात्तालाका ३५ वर्षीय कोरोना संक्रमित युवालाई संक्रमण देखिएको २३ घण्टापछि आइसोलेसनमा राखिएको छ। 

सोमबार राति स्वास्थ्य मन्त्रालयले ती यूवामा कोरोना संक्रमण रहेको पुष्टि गरेकाे थियाे। उनलाई उपचारका लागि सदरमुकाम लगिएकाे छ।  

कर्णालीमा पहिलो पटक कोरोना संक्रमित देखिएका उनी ३५ दिनभन्दा बढी भारतको वनवासाकाे क्वारेन्टाइनमा बसेर आएका थिए। उनीसँगै आएका ३९ जनालाई नगरपालिकाले उद्धार गरी चैत्र ३१ गते दैलेख ल्याएको थियो। आठबिस १ सात्तलास्थित लक्ष्मी माविको क्वारेन्टाइनमा शनिबार उनी सँगै आएकाकाे स्वाब संकलन गरी परिक्षणका लागि पाठाइएको थियाे। जसमा १ जनामा मात्र कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

ती युवालाई उपचारका लागि नारायण नगरपालिका ८ मा रहेको सरस्वती मावि तर्ताङमा निर्माण गरिएको आइसुलेसनमा राखेर उपचार गरिने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरन्जन पन्तले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.