|

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट ३ लाख २४ हजार भन्दा  धेरै मानिसकाे मृत्यु भएकाे छ।  

पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ५५४ पुगेकाे हो। पछिल्लो २४ घण्टामा ४ हजार ५८९ जनाको ज्यान गएको छ।

संसारभर ४९ लाख ८२ हजार ९३७ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ। त्यस्तै अहिलेसम्म विश्वभर १९ लाख ५६ हजार ३६१ जना ठिक भएका छन्। 

अमेरिकामा १५ लाख ७० हजार ९८३  संक्रमित भएका छन् भने ९३ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ। यसैबीच ३ लाख ६१ हजार १८० निको भएर फर्किएका छन्।

संक्रमितको आधारमा रुस दोस्रो स्थानमा रहेको छ। त्यहाँ २ लाख ९९ हजार ९ सय ४१ जनाको संक्रमण देखिएको छ। रुसमा अहिलेसम्म २ हजार ८ सय ३७ जनाको ज्यान गएको छ।  

बेलायतमा अहिलेसम्म २ लाख ४८ हजार ८१८ संक्रमित भएका छन् भने ३५ हजार ३४१ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख २६ हजार ६९९ संक्रमित भएका छन् भने ३२ हजार १६९ जनाको मृत्यु भएको छ।  फ्रान्समा एक लाख ८० हजार ८०९ कुल संक्रमित भएका छन् भने २८ हजार २२ जनाको मृत्यु भएको छ।  स्पेनमा २ लाख ७८ हजार ८०३ कुल संक्रमित भएका छन् भने २७ हजार ७७८ जनाको मृत्यु भएको छ। 

भारतमा संक्रमितको संख्या एक १ लाख ६ हजार ४ सय ७५ पुगेको छ। त्यस्तै ३ हजार ३ सय २ जनाको ज्यान गइसकेको छ। भारतमा हालसम्म ४२ हजार ३ सय ९ जना निको भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.