|

भक्तपुर : भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका ४२ वर्षीया पुरुष काठमाडौं महानगरपालिकाका सफाइ मजदुर भएको खुलेको छ। 

भक्तपुर नगरपालिका–५ भेलुखेलका उनी काठमाडौं महानगरपालिकाको फोहोर ढुवानी गर्ने सवारी चालक हुन्। उनलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बुस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ। उनको घरलाई मंगलबार रातिदेखि सिल गरेर प्रहरी तैनाथ गरिएको छ। 

हाल भलुखेल क्षेत्रमा उच्च सतर्कता अपनाएको प्रहरीले जनाएको छ। त्यस क्षेत्रमा मानिसको आउजाउ बन्द गरिएको र संक्रमितको सम्पर्कमा रहेकाहरुको विवरण संकलन गर्ने र परिवारसहितको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको छ।

भक्तपुरमा योसहित संक्रमितको संख्या तीन पुगेको छ। यसअघि गता बैशाख ३० मा सनुसरी रामधुनी नगरपालिका झुम्का घरभई हाल मध्यपुर थिमि–४ शैखधरचोक बस्दै आएकी २५ वर्षीया युवती र चाँगुनारायण नगरपालिका १ दुवाकोट बस्ने सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी २७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.