भारतबाट पनि २ सय २२ नेपाली ल्याउने तयारी

|

पर्सा : भारत जान भनी नेपालको विभिन्न ठाउँबाट वीरगन्ज नाकामा आई रोकिएका २ सय १५ भारतीयलाई उनीहरुको देश पठाइएको छ। 

कोरोना संक्रमण न्यूनीकरण गर्न दुवै देशले सीमा नाकामा कडाइ गर्न थालेपछि उनीहरु वीरगन्जमै अड्किएका थिए। ठाकुरराम बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थियो। 

मंगलबार दुवै देशको काउन्टर पार्टको सहमतिपछि उनीहरुलाई फिर्ता पठाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए।

एक भारतीय संक्रमित निको भएर गए

ती २ सय १५ जनामध्ये गएको चैत ३० गते वीरगन्जमा कोरोना संक्रमित पुष्टि भई निको भएका समेत छन्। लामो समय सम्म क्वारेन्टाइनमा राखी संक्रमित नदेखिएपछि र दुवै देशको सहमतिपछि उनीहरुलाई पठाइएको हो। 

नेपालका पनि २ सय २२ जना ल्याउने तयारी 

भारतको रक्सौलस्थित हजारीमहल धर्मशालामा रहेका नेपालका पनि २ सय २२ जनालाई बुधबार नेपाल ल्याइने भएको छ। सम्भवतः बुधबार अबेरसम्म वीरगन्ज नाकाबाट उनीहरुलाई ल्याइनेबारे छलफल भइरहेको सहयाक प्रजिअ बस्नेतले बताए। बुधबार ढिलो भए बिहीबारसम्म नेपालीहरुलाई स्वदेश ल्याइने उनले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.