'अस्पताल भर्ना गरेका छौं, परीक्षण गरेपछि मात्र भन्न सक्छौं' : प्रजिअ पण्डित

|

बारा : भारतको बसेर फर्किएका बाराको पचरौता नगरपालिका-१ का एक युवकमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको छ।

रोजगारीको सिलसिलामा भारतको दिल्लीबाट नेपाल आउँदै गर्दा भारतीय प्रहरीले औदापुरमा रोकेपछि क्वारेन्टाइनमा राखिएपछि त्यहाँ संकलन गरिएको स्वाबको पोजेटिभ रिपोर्ट देखिएको खबर आएपछि अस्पताल भर्ना गरिएको हो।

भारतको सिमा क्षेत्रमा रहेको क्वारेन्टाइनमाबाट नगरपालिकाको समन्वयमा नेपाल भित्रिएका ३० वर्षिय युवक ४ दिनदेखि पिपरपातीको क्वारेन्टाइनमा रहेको पचरौता नगरपालिकाका मेयर रमेश कुमार यादवले बताए।

‘क्वारेन्टाइनमा राखिएका युवकले चिकित्सकलाई स्वास दिन अफ्ठेरो भएको बताएका थिए,’ मेयर यादवले भने, ‘त्यसपछि सोधखोज गर्ने क्रममा भारतकै क्वारेन्टाइनमा स्वाब संकलन गरिएको रहेछ, स्वास्थ्यकर्मीमार्फत बुझ्दा रिर्पोट पोजेटिभ आएको खबर आयो।’ नेपालमा पुनः परीक्षण गरेपछि मात्र पुष्टि गर्न सकिने मेयर यादवले बताए।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भारतमा संक्रमित भएको खबरका आधारमा क्वारेन्टाइनबाट निकालेर कलैया अस्पतालमा रहेको आइसोलेसन वार्डमा भर्ना गरिएको बताए।

संक्रमित भनिएका युवकको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भईरहेको उनले जानकारी दिए। उनले नेपालमा गरिएको परीक्षणको रिर्पोट नआएसम्म पुष्टि गर्न नसकिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.