|

काठमाडाैं : अभिनेता राजेश हमालले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएकोले भारतले यसलाई स्वीकार्नुपर्ने बताएका छन्।  हमालले आफ्नो फेसबुक पेजमा एक भिडियो राख्दै भारतले एक सार्वभौम राष्ट्रमाथि आँच न पुर्‍याउन आग्रह गरेका हुन्।

‘लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो। नेपालसँग यसको पूरा प्रमाण छ। हामी नेपाली विनम्रताका साथ अनुरोध गर्छौ कि भारतले तथ्य स्वीकार्नुपर्छ,’ उनले भनेका छन्, ‘भारतले तथ्य र तथ्यांकलाई राम्रोसँग हेर्नुपर्छ।’ 

हमालले भारतले सत्य र तथ्यलाई नमानेको आरोप पनि लगाएका छन्। उनले अहिलेका नेपाली युवाहरू शिक्षित, सचेत भएको र नेपालीले न्याय अन्याय छुट्याउन सक्ने पनि बताएका छन्। ‘पहिले हामी बोलेनौं तर अहिलेका युवाहरू निकै सचेत र शिक्षित भएका छन्,’ उनले भनेका छन्, ‘नेपालीले यतिबेला न्याय र अन्याय छुट्याउन सक्ने भएकाले भारतको विरोध भइरहेको छ।’ 

भिडियो :

उनले भारतले नेपालीको सार्वभौमिकतालाई कुल्चिएको अनुभूति भएको पनि बताएका छन्। ‘भारतले निरन्तर नेपाली भूमि दाबी गर्नाले नेपालीको सार्वभौमिकतालाई कुल्चिएको अनुभूति भएको छ। यो साँच्चै नेपालीको लागि अस्वीकार्य छ’ उनले भनेका छन्। उनले नेपाली भूमि जोगाउन पुर्खाले  ठूलो बलिदान र संघर्ष गरेकोले भारतलाई भूमि अतिक्रमण नगर्न भनेका छन्।  उनले कूटनीतिक तवरले विवाद हल गर्नुपर्ने बताएका छन्। भारतले सत्य स्वीकार्नै पर्ने पनि बताएका छन्। 

हमालले भारतलाई सीमा अतिक्रमण गर्न छोडेर यस क्षेत्रको कोरोनाको महामारी अन्त्य गर्न नेतृत्वदायी भूमिका खेल्न सुझाब पनि दिएका छन्।  
नेपालले बुधबारम मात्र लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेटेर नक्सा सार्वजनिक गरिसकेको छ। भारतले भने नेपालको नयाँ नक्सा अमान्य भएको प्रतिक्रिया जनाएको छ। भारतले एकतर्फी कुटनीतिक छलफल बिनै नेपालले एकतर्फी नक्सा जारी गरेको आरोप लगाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.