एउटै गाउँमा ५३ जना संक्रमित
एउटै गाउँमा ५३ जना संक्रमित
बाँके : थप दुई जनामा कोरोना संक्रमण देखिएपछि बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ। खजुरा र नरैनापुर गाउँपालिकामा एक–एक जना थपिएका छन्। बाँकेका एक कोरोना संक्रमणकै कारण एक जनाको मृत्युसमेत भइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार खजुरा गाउँपालिका–३ का ४२ वर्षीया महिला र नरैनापुर गाउँपालिका–३ का ३२ वर्षीय पुरुषमा कोरोना देखिएको हो। नरैनापुरमा कोरोना संक्रमितको संख्या ७४ पुगेको छ। त्यहाँ एउटै गाउँका ५३ जनामा कोरोना देखिएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।