आलितालमा प्रहरीको चेक पोस्ट

|

डडेल्धुरा : डडेल्धुराका दुई स्थानमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पाेस्ट (बिओपी) स्थापना गरिएको छ। भारतसँग सीमा जोडिएका परशुराम नगरपालिकाको परिगाउँ र शीर्षमा बिओपी स्थापना गरिएको हो।

बिहीबार सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले जिल्लाका दुई स्थानमा स्थापना गरिएका बिओपीको उद्घाटन गरेका हुन्।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार सशस्त्र प्रहरी बल नेपालको म्यान्डेटमा आधारित रहेर सीमा सुरक्षा, सीमा अपराध, चोरी तस्करी रोकथाम नियन्त्रणका लागि बिओपी स्थापना गरिएको डडेल्धुराका सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनराज पन्तले जानकारी दिए। ‘डडेल्धुरामा पाँच ठाउँमा बिओपी स्थापना हुन्छन्।’ उनले भने,‘त्यसमध्ये आज परशुरामका दुई ठाउँमा स्थापना गरिका छौं।’

प्रहरी नायब उपरीक्षक पन्तका अनुसार परिगाउँमा सशस्त्र प्रहरी निरीक्षक हर्कसिंह साउँदको कमाण्डमा ३० जना सशस्त्र प्रहरी खटाइएको छ भने शीर्षमा प्रहरी निरीक्षक प्रेमसिंह धामीको कमाण्डमा २५ जना खटाइएको छ।

आलितालमा प्रहरीको चेक पाेस्ट स्थापना

डडेल्धुराको आलितालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न प्रहरी चेक पाेस्टको स्थापना गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहीबार डोटी जिल्लाको सिमाना नजिकै भीमदत्त राजमार्गमा पर्ने आलिताल गाउँपालिका १ कटालमा चेक पाेस्टको स्थापना गरिएको हो। 

आलिताल गाउँपालिकाको सहयोग र जिला प्रहरी कार्यालय डडेल्धुराको समन्वयमा लकडाउन प्रभावकारी रूपमा कार्यान्वयनको लागि सुरक्षा पाेस्ट स्थापना गरि प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार स्थापना गरिएको चेक पाेस्टमा नियमित सवारीसाधन चेकजाँच भइरेहको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.