धनकुटा : धनकुटामा थप ८४ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवार गरी सातजनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएके हो।
जल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोखरेलकाअनुसार स्वास्थ्य कार्यालयका कर्मचारी, अस्पतालका बाँकी रहेका स्वास्थ्यकर्मी, बिरामीका कुरुवा, सुरक्षाकर्मी, संक्रमित स्वास्थ्यकर्मीका परिवार र अस्पतालको क्वाटरभित्र रहेका सबै स्वास्थ्यकर्मीका परिवार गरी ८४ जनाको स्वाब संकलन गरिएको हो।
संकलन गरिएको स्वाब शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने र शनिबारसम्ममा रिपोर्ट आइसक्ने अस्पतालका सूचना अधिकारी पोखरेलले बताए। यसअघि धनकुटामा जेठ चार एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जेठ ५ मा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षकर्मी, बिरामी र कुरुवा गरी ८३ जनाको स्वाब संकलन गरिएको थियो। तीमध्ये अस्पतालमा कार्यरत चारजना स्वास्थ्यकर्मी, दुईजना सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवार गरी सातजनामा कोरोना संक्रमण देखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।