|

धादिङ : जिल्ला अस्पताल धादिङको ओपिडी सेवा तल्कालका लागि बन्द गरिएको जनाएको छ।
 

अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुको आरडिटी परीक्षण गर्दा सातजनामा पोजिटिभ रिपोर्ट आएकाले देखिएपछि ओपिडी सेवा बन्द गरिएको हो। उनीहरुको पिसिआर रिपोर्ट नआइञ्जेलसम्म ओपिडी सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए।

बुधबार जिल्ला अस्पताल धादिङले आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरेर ७९ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको आरडीटी गरेको थियो। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्टेन्ड डा. दीपा बोहोराका अनुसार पोजिटिभ देखिएका सबै कर्मचारीको स्वास्थ्य अबस्था सामान्य रहेको र पिसिआर परीक्षणको रिपोर्ट नआइञ्जेलसम्म आइसोलेसनमा राखिने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.