|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा शुक्रबार पाँच जना कोरोना संक्रमित थपिएका छन्। कैलालीका तीन, बैतडी एक र डडेल्धुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

धनगढी प्रयोगशालामार्फत गएराति गरिएको परीक्षणमा पाँचै जनामा कोरोना पुष्टि भएको हो। कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकाका  एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। 

योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या १० पुगेको छ। सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो। 

धनगढी उप–महानगरपालिका ५ की ३४ वर्षीय महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।

वैशाख १ गते लम्की चुहा नगरपालिका १ की ६६ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। सुदूरपश्चिमका पाँच जना संक्रमितले कोरोनालाई जितेर घर फर्किसकका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.