काठमाडौं : नेपालमा हालसम्म १ लाख २५ हजार कोरोना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआरविधिमार्फत ४२ हजार ४ सय ८८ र र्यापिट डाइग्नोष्टिक किट (आरडिटी) विधिमार्फत ८२ हजार १ सय १६ वटा गरी कुल १ लाख २४ हजार ६ सय ४ वटा परीक्षण गरिएको जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा मात्र पिसिआरविधिमार्फत ३ हजार ८ सय १९ र आरडिटीविधिमार्फत ३ हजार ४ सय २१ गरी कुल ७ हजार ३ सय ४० वटा परीक्षण गरिएको जानकारी दिएका छन्।
हालसम्म आरडिटी विधिमार्फत गरिएको परीक्षणको प्रादेशिक विवरण यस्तो छ।
प्रदेश नम्बर १ मा ९ हजार ९ सय २० वटा
प्रदेश नम्बर २ मा ६ हजार २ सय ९५ वटा
बागमती प्रदेशमा १९ हजार ९३ वटा
गण्डकी प्रदेशमा ७ हजार १८ वटा
प्रदेश नम्बर ५ मा ११ हजार ४ सय ८१ वटा
कर्णाली प्रदेशमा ८ हजार ६ सय १ वटा
सुदुरपश्चिम प्रदेशमा १९ हजार ७ सय ८ वटा
शुक्रबारकाे अपडेटअनुसार आजसम्म देशभर क्वारेन्टाइनमा बस्नेहरुको संख्या २७ हजार ८ सय २९ जना रहेका छन्।
हेर्नुस् प्रादेशिक विवरण
प्रदेश नम्बर १ मा १ हजार ४ सय १४ जना
प्रदेश नम्बर २ मा ५ हजार ९ सय ६ जना
बागमती प्रदेशमा ४ सय ७८ जना
गण्डकी प्रदेशमा ६ सय ७८ जना
प्रदेश नम्बर ५ मा १५ हजार ९ सय ८९ जना
कर्णाली प्रदेशमा ७ सय ३५ जना
सुदुरपश्चिम प्रदेशमा २ हजार ६ सय २९ जना
मन्त्रालयका अनुसार शुक्रबारसम्म ४ सय ३३ जना संम्भावित संक्रमित आइसोलेसनमा रहेका छन्।
प्रादेशिक विवरण तल दिइएको छ।
प्रदेश नम्बर १ मा ५८ जना
प्रदेश नम्बर २ मा १४५ जना
बागमती प्रदेशमा १८ जना
गण्डकी प्रदेशमा ३ जना
प्रदेश नम्बर ५ मा २०३ जना
कर्णाली प्रदेशमा १ जना
सुदुरपश्चिम प्रदेशमा ५ जना
आज बाँकेका २१ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या भने देशभर ७० जना पुगेको छ।
यस्तो छ प्रादेशिक विवरण
प्रदेश नम्बर १ मा २६ जना
प्रदेश नम्बर २ मा ६ जना
बागमती प्रदेशमा ९ जना
गण्डकी प्रदेशमा २ जना
प्रदेश नम्बर ५ मा २२ जना
कर्णाली प्रदेशमा ५ जना
सुदुरपश्चिम प्रदेशमा ७० जना रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।