|

दैलेख : कर्णालीमा पहिलो कोरोना संक्रमित दैलेख आठबिस नगरपालिका १ का ३५ वर्षीय युवालाई सुर्खेत लगिएको छ।

गत ५ गते कोरोना पुष्टि भएका उनलाई चार दिन दैलेख राखेर सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रशाद रेग्मीले बताए। प्रदेश सरकारले कर्णालीका तीन जिल्लामा कोरोना अस्पताल घोषणा गरेको भए पनि कोरोना अस्पतालमा लगेर उपचार नगरिएको भन्दै प्रदेश सरकारको आलोचना भएकाे थियाे।  

भारतको वनवासा हुँदै दैलेख आएका उनलाई आठबिस नगरपालिकाले गत चैत्र ३१ गते उद्धार गरी ल्याएको थियो। उनीसँगै ३९ जनाको उद्धार गरिएकोमा ३८ जनामा कोरोना नेगेटिभ देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.