|

पाँचथर : पाँचथरमा ११४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ। अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, पत्रकार सुरक्षाकर्मी लगायतको रिर्पोट नेगेटिभ आएको हो। मंगलबार संकलन गरिएको ११८ जनाको स्वाब परीक्षणका लागी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो।

परीक्षणका लागि स्वाब दिएका ११८ मध्ये ११४ जनाको पीसीआर रिर्पोट नेगेटिभ आएको छ। अन्य ४ जनाको प्राविधिक कारणले परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुबेदीले जानकारी दिए। पाँचथरमा हालसम्म कोरोना पोजेटिभ व्‍यक्ति नभेटिएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ।

पाँचथरमा शुक्रबारसम्म १ हजार २६८ जनाको आरडिटी र १७१ जनाको पिसिआर विधिमार्फत परीक्षण गरिएको छ। जिल्लाभरमा ८२ जना कवारेन्टाइनमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.