|

हेटौंडा : नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गलत सूचना दिएको छ।  हिजो पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले हेटौंडा–३ की कोरोना संक्रमित भनिएकी महिलाले केही दिनअघि हेटौंडा अस्पतालमा उपचार गरेको खुलासा भएको छ।

यसअघि पनि हेटौंडा ठेगाना उल्लेख गरेको र पछि पर्सा भएको भनेर गल्ती स्वीकार गरेको स्वास्थ्य मन्त्रालयले अहिले पनि हेटौंडा ३ भने तापनि हेटौंडा ४ की महिला रहेको हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए।

 हेटौंडा ३ मा कोरोना संक्रमित भनेपछि उक्त वडामा अहिले त्रास फैलिए तापनि हेटौंडा ४ की महिला पुष्टि भएको अध्यक्ष पौडेलेका भनाइ छ। स्वास्थ्य मन्त्रालयले स्थायी ठेगाना मात्रै खुलाउँदा अहिले बसिरहेको स्थानमा जोखिम बढी हुने देखिन्छ। यस अगाडि मकवानपुर भनिएका सबै कोरोना संक्रमित अस्थायी रुपमा जिल्ला बाहिर रहेका थिए तर हेटौंडा ४ की महिला भने हेटौंडामा नियमित ओहोर दोहोर हुने देखिएको छ।   

संक्रमित हेटौंडाको भए पनि भक्तपुर बस्दै आएको भनेर स्वास्थ्यकर्मीले भने पनि संक्रमित महिला एक साता अघि हेटौंडा अस्पतालमा उपचारका लागि आएको खुलेको हो। उनी स्वासप्रस्वास र पेटमा समस्या लिएर आकस्मिक कक्षमा पुगेकोमा थप उपचारका लागि काठमाडौं रिफर गरेको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए। 

हेटौंडा अस्पतालको ६६ जनाको स्वाब संकलन

हेटौंडा अस्पतालका डाक्टर, नर्स, अनमी, अहेव, ल्यावका प्राविधिक र कर्मचारी सहित ६६ जनाको कोरोना भाइरस परीक्षणका लागि स्वाव संकलन गरिएको छ।  मकवानपुरको हेटौंडा अस्पतालमा ६ दिन अगाडी रिफर भएकी बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले हेटौंडा अस्पतालमा आकस्मिक बैठक आज बसेको छ। अस्पतालमा केही दिनअघि आएकी बिरामीको कोरोना पुष्टि भएपछि अबको अवस्थालाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल भएको को लागि बैठक सुरु भएको हो।

हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको बैठकले अस्पतालमा ति बिरामीसँग नियमित सम्पर्कमा रहेको करिब २० जना डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई आइसोलेसनमा राख्ने निर्णय गर्ने हेटौँडा अस्पताल कोरोना युनिटका प्रमुख डाक्टर हरि खड्काले बताए।

बिरामीसँग नियमित सम्पर्कमा रहेका डाक्टर, ल्याबमा रहेका प्राविधिक, एक्सरे गर्ने प्राविधिक, नर्स सहितका २० जना कर्मचारीलाई आइसोलेसनमा राख्ने बताईएको छ। अस्पतालले अहिलेसम्म १ सय ५० कर्मचारी मध्ये ६६ जनाको स्वाब कलेक्सन गरेर टेष्ट गर्नको लागि पठाईसकेको र बाँकीको आजै स्वाब परीक्षणको लागि पठाउने डाक्टर खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.