थपिएका तीनै जना सुर्खेतका

|

सुर्खेत  : कर्णाली प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ पुगेको छ। शनिबार थप ३ जना थपिएका छन्।

थपिएका तीनै जना सुर्खेत जिल्लाका हुन्। सुर्खेत बराहताल गाँउपालिकाका २ र चौकुने गाउँपालिकाका  १ जना छन्। उनीहरूलाई बिहीवार भारतबाट उद्धार गरी ल्याई बबईमा आरडिटी गरिएको थियो। 

रिपोर्ट पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गरिएको र त्यसक्रममा पनि उनीहरुको रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि उनीहरुको स्वाब सकलन गरी थप चेकजाँचका लागि नेपालगन्ज पठाइएको थियो। त्यहाँ पनि उनीहरुमा कोरोना पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका लक्ष्मी नारायण तिवारीले जानकारी दिए।  

प्रदेश अस्पताल सुर्खेतको आइसोलेसन कक्षमा उनीहरुको उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्। यसअघि दैलेखका १ जनालाई कोरोना सक्रमण पुष्टि भएको  थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.