काठमाडौं : महाराजगञ्जस्थित मोनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएकी एकजना बिरामीमा कोरोना संक्रमण भएपछि अस्पतालको मुटुरोग सेवा स्थगित भएको छ। उनको सम्पर्कमा रहेका चिकित्सक र नर्स तथा अन्य कर्मचारी गरी ३ दर्जन बढीलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ।
सेन्टरका अधिकांश मुटुरोग विशेषज्ञहरु बिरामी महिलासँग प्राइमरी कन्ट्रयांकमा रहेको घोषणा गरेपछि मुटुरोग सेवा स्थगित भएको हो। केही दिन सेन्टरले मुटुरोगको ओपिडीसँगै क्याथ ल्याबसमेत बन्द गर्ने तयारी गरेको छ। सेन्टरले प्राइमरी कन्ट्याक्टमा रहेका केही चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अस्पतालको सबैभन्दा माथिल्लो तल्लामा रहने व्यवस्था मिलाइएको छ।
तर, त्यहाँ सबै नअटने भएकाले त्रिविकै अन्य ठाँउमा वा होटलमा बस्ने व्यवस्था मिलाउन खोजिएको बताएको छ।
मुटुको उपचारका लागि भर्ना भएकी हेटौडाकी ५४ वर्षीया महिलाको कोरोना परीक्षण गर्दा शुक्रबार बेलुका नतिजा पोजेटिभ आएको थियो। हाल उनलाई त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा बनाइएको कोरोना उपचार कक्ष लेभल थ्रीमा लगेर आइसोलेसनमा राखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।